images

२०८३ आश्विन १८ गते

images
images
images

तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान

तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान

images
images
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • खाँदबारी । हिमाली जिल्ला सङ्खुवासभाको एकमात्र तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि तीन सातापछि उडान भएको छ । बुधबार बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भरेको हो ।

    images
    images

    विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेपछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो ।विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौं–तुम्लिङटार उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।

    तुम्लिङटारमा पछिल्लो समय बुद्ध एअरको ७२ सिट क्षमताको जहाजले उडान भर्दै आएको छ । बाक्लो तुवाँलो हट्दै गएपछि उडान सञ्चालन गरिएको नागरिक उड्डयन कार्यालय तुम्लिङटारका प्रमुख नवराज दाहालले बताए ।

    images
    images

    उनकाअनुसार विमानस्थल वरिपरि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी भएपछि उडान अनुमति दिइएको हो । तुवाँलो बढ्दा यसअघि विमानस्थलमा पाँच सय मिटर मात्रै भिजिबिलिटी थियो । तुवाँलो केही हटे पनि पूर्णरुपमा मौसम भने खुलेको छैन । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend