images

२०८३ आश्विन २४ गते

images
images
images

फिदिममा चिया प्रवर्धन गर्न महोत्सव

फिदिममा चिया प्रवर्धन गर्न महोत्सव

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • फिदिम । पूर्वी पहाडका विभिन्न स्थानमा जैविक विधिबाट उत्पादन गरिँदै आएको अर्थोडक्स चियाको बजारमा पहुँच विस्तार गर्न फिदिममा चिया महोत्सव आयोजना गरिएको छ ।

    images
    images

    महोत्सवमा पॉचथर, इलाम र ताप्लेजुङसहित विभिन्न स्थानमा उत्पादन भएको अर्थोडक्स चियाको प्रदर्शनी भई रहेको छ । फागुन ६ गतेसम्म चल्ने प्रदर्शनीको उद्घाटन सोमबार कार्यक्रमका प्रमूख अतिथि चिया अभियन्ता एवं पूर्व गृह राज्य मन्त्री दीपकप्रकाश बास्कोटाले चिया चाखेर गर्नुभयो ।

    लाली चिया उत्पादक तथा प्रशोधन सहकारी संस्था फिदिमको आयोजना, फिदिम नगरपालिकाको प्रवर्धन र पर्यटन तथा वातावरण कार्यालय काँकड्भिट्टाको सहयोग गरेको आयोजक संस्थाका अध्यक्ष टङ्कप्रसाद राईले बताउनुभयो ।

    images
    images

    राईका अनुसार महोत्सवमा विभिन्न स्थानमा उत्पादन भएको चियाको प्रदर्शनी, स्वाद चाख्ने, बिक्री वितरण गरिँदै छ । यस्तै चियाको बहु आयामिक पक्षमा अन्तर सम्वाद (प्यानल डिस्कस) लगायतका कृयाकलाप कार्यक्रममा समेटिएको छ ।

    महोत्सवले चियाको प्रवर्द्धन, बजारीकरण, संस्कृति जगेर्ना जस्ता विषयमा मद्दत पुर्‍याउने आयोजकको दाबी छ । कार्यक्रममा देश विदेशका चिया विज्ञहरूको सहभागिता रहने बताइएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend