images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा माग भन्दा...

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा माग भन्दा ७.६२ गुणा बढी आवेदन

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा माग भन्दा ७.६२ गुणा बढी आवेदन

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आइपीओमा १३ करोड ७२ लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन प्राप्त भएको छ।

    images
    images

    कम्पनीले जारी गरेको १८ लाख कित्ता प्राथमिक सेयरमा ५१ हजार ७२९ जनाले आवेदन दिएका छन्। यसमा १३ लाख ७२ हजार ७६० कित्ताका लागि आवेदन परेको छ, जुन उपलब्ध सेयरको संख्या भन्दा ७।६२ गुणा बढी हो।

    कम्पनीले माघ २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ८० हजार कित्ता सेयर खुला गरेको थियो। यस आइपीओको निष्कासन र बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हालिरहेको छ।

    images
    images

    नेपाल धितोपत्र बोर्डले ओम मेगाश्रीलाई १८ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति दिएको थियो, जसको १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको हो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend