images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • नेशनल लाईफको एमडिआरटी सम्मान तथा तालिम...

नेशनल लाईफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाईफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।अभिकर्ताहरूको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनौट भएका १०० जना एमडिआरटी अभिकर्ताहरूलाई भव्य समारोहका बिच सम्मान गरेको छ ।

    images
    images

    समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरू सुरु गरेको र यसबाट अभिकर्ताहरू उत्साही भएको बताए ।  उनले अभिकर्ता संंजालको व्यवसायीकरणलाई सधैँ उच्च स्थानमा राख्दै विविध मासिक र वार्षिक प्रोत्साहन योजना पेस गर्दै आएकोमा आगामी दिनहरूमा पनि कम्पनीले यसमा यथासम्भव लगानी गरिरहने जानकारी गराए  ।

    जीवन बीमा व्यवसाय दिन प्रतिदिन व्यावसायिक हुँदै गइरहेको परिप्रेक्षमा कम्पनीले आफ्नो तर्फबाट सकभर प्रयास गरी विगत केही बर्ष देखी कम्पनीले उच्च बोनस दर प्रदान गर्दै आएकोले अभिकर्ताहरूलाई व्यवसायमा सहज भइरहेको बताउनु हुँदै एमडिआरटी २०२५ मा तोकिएको करिब ४७ लाख देखी ३ करोड सम्मको बीमाशुल्क संकलन गरी ९४ जनाले एमडिआरटी ३ जनाले सिओटी र २ जनाले टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै १०० जना अभिकर्ताहरूलाई विशेष सम्मान गरेका थिए ।

    images
    images

    साथै निरन्तर ५१ दिन सम्म ५१ बीमालेख जारी गर्न सफल एमडिआरटी अभिकर्ता रुपक पराजुली र सबै भन्दा बढी एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई पनि सम्मान गरेका थिए । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्विप प्रज्वलन गदै शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागी भएका प्रदेश प्रमुख, शाखा प्रमुख लगायत मार्केटिङ कर्मचारी र अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय कुमार झाले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडिआरटीको लक्ष्य पुरा गराउने उद्देश्यले  तालिम प्रदान गरेका थिए । 

    विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरूको समेत उपस्थिति रहेको सो भव्य समारोहमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति, उपलब्धिमूलक उत्प्रेरक तालिम र उच्चस्तरको सम्मान कार्यक्रममा सम्मानित भई प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूहरुले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागिको सम्मानित बिजनेस लिडरहरूले बताएका छन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend