images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • ग्लोबल आइएमई लघुवित्तको आधारभूत सिपमूलक तालिम...

ग्लोबल आइएमई लघुवित्तको आधारभूत सिपमूलक तालिम सम्पन्न

ग्लोबल आइएमई लघुवित्तको आधारभूत सिपमूलक तालिम सम्पन्न

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था शाखा कार्यालय चापाघाट तनहुँले संस्थामा आबद्ध सदस्यहरूलाई सिप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आधारभूत क्रिष्टल तथा चुरापोते बनाउने सिपमूलक तालिम सफलतापूर्वक सम्पन्न गरेको छ ।

    images
    images

    उक्त तालिम फागुन १ गते देखी फागुन २ गतेसम्म सञ्चालन भएको हो ।उक्त तालिममा विभिन्न वडाहरूका गाउटोलमा बसोबास गर्दै आएका २७ जना महिला दिदीबहिनीहरुको सहभागिता थिए । तनहुँ उद्योग वाणिज्य संघ तनहुँको हलमा सञ्चालित उक्त कार्यक्रममा प्रशिक्षक रविना रीजालले महिला दिदीबहिनीहरूलाई सिप सिकाएका थिए ।राष्ट्रियस्तर कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले नेपालभरका आफ्ना सदस्यहरूलाई विभिन्न समयमा विविध किसिमका सीपमूलक तालीम तथा सामाजिक क्षेत्रमा विविध कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि व्यास २ का वडा सदस्य सुरेश वाग्ले द्वारा उद्घाटन भएको थियो भने सभापतीत्व व्यास १० की वडा सदस्य खीरमाया विक ले गरेकी थिइन् । शाखाका शाखा प्रबन्धक सुशिला विक तथा कर्मचारीहरूद्वारा तालिमको व्यवस्थापन गरेका थिए ।समापनमा सदस्यहरूले सिकेको सिपलाई व्यवहारमा लागु गरी आम्दानीका श्रोतहरू वृद्धि गर्न उत्प्रेरित भई कार्य गर्न सुझाव दिँदै संस्थाका अनुगमन अधिकृत प्रकाश लामिछाने द्वारा सबै सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 

    images
    images

    साथै समापनका क्रममा वडा न १० की वडा सदस्य खीरमाया विकले हामी महिला दिदीबहिनीहरु असल मार्गमा अगाडी बढी आफू र आफ्नो परिवार सुन्दर बनाउन फुर्सदका समयमा सिकेका सिपहरूलाई व्यवहारमा लागु गरी अगाडी बढ्नुपर्ने बताउँदै संस्थालाई धन्यवाद ज्ञापन गरिन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend