images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • हेलम्बुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन,...

हेलम्बुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन, २२० जनाले लिए सेवा

हेलम्बुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन, २२० जनाले लिए सेवा

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट करिब २ सय २० स्थानीयवासीले सेवा लिएका छन् ।

    images
    images

    हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा भएको शिविरको उद्घाटन गर्दै शनिबार गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो र वडा नम्बर ७ का अध्यक्ष निलबहादुर खड्काले आफ्नो स्वास्थ जाँचसँगै गरेका थिए ।

    हेलम्बु–७, महाङ्कालस्थित स्वास्थ्य चौकीमा भएको शिविरका लागि काठमाडौंबाट एक विशेषज्ञ (एमडी) सहित १० बीएएमएस डाक्टर, जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट १ एकजना र एक जना फिजियोथेरापिस्ट पुगेका थिए ।कार्यक्रम संयोजक डा. सुष्मा साउदका अनुसार, शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि विभिन्न रोग, जस्तै हाडजोर्नी, नशा, पेटसम्बन्धी समस्या, ग्यास्ट्रिक, पायल्स, फिसर, फिस्टुला, महिनावारी गडबडीसहित विभिन्न रोगको परीक्षण तथा परामर्श प्रदान गरिएको थियो ।

    images
    images

    उपचारका लागि आउने धेरैजसो बिरामी हाडजोर्नी र नशाको समस्या लिएर आएका डा. साउदले बताइन् । ‘महिलाको तल्लो पेट दुख्ने, महिनावारी गडबडीजस्तो समस्या पनि उस्तै देखियो’ उनले भनिन् ।शिविरमा खानपान, जीवनशैली, योग र आरोग्यबारे जनचेतनामूलक सन्देशहरू पनि प्रवाह गरिएको थियो। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend