काठमाडाैं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सो अवधिसम्म ५८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २८.६८% वृद्धि हो।
कम्पनीको महाविपत्ति कोष १४ लाख १८ हजार रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ १ करोड ३८ लाख ९० हजार रुपैयाँमा उक्लिएको छ। अघिल्लो वर्षको तुलनामा यी कोषहरूमा उल्लेख्य वृद्धिदर देखिएको छ। कम्पनीको शेयर पुँजी ५२ करोड ५० लाख रुपैयाँ पुगेको छ भने जीवन बीमा कोषमा ५ करोड २५ लाख ३७ हजार रुपैयाँ सञ्चित भएको छ।लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमाससम्म ८ करोड ९ लाख ७७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७६७.१५% को आश्चर्यजनक वृद्धि हो। खुद बीमाशुल्क आर्जन पनि ७ करोड ७४ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा २४५२.२३% को उछाल हो।
छोटो समयमा नै उल्लेखनीय वित्तीय प्रगति गर्दै कम्पनीले बीमा क्षेत्रमै नयाँ उचाइ कायम गर्न सफल भएको छ। शेयरधनी र ग्राहकहरूको भरोसा जित्दै लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स अझ मजबुत बन्दै गएको देखिन्छ।




.gif)





