images

२०८३ आश्विन १७ गते

images
images
images

आज रास्वपा केन्द्रीय समिति बैठक बस्दै

आज रास्वपा केन्द्रीय समिति बैठक बस्दै

images
images
शनिवार, आश्विन १७ २०८३
शनिवार, आश्विन १७ २०८३
  • काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज अपराह्न वनस्थलीस्थित घन्टीघरमा हुँदैछ । 

    images
    images

    पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन लगायत विषयमा छलफल हुने भएको छ ।

    पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा हुने बैठकमा विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियान र मधेस प्रदेश सङ्गठनको ‘अडिट’ प्रतिवेदनमा पनि छलफल हुने जनाइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend