images

२०८३ आश्विन १९ गते

images
images
images

पर्यटन बोर्डले ‘फोटो नेपाल प्रदर्शनी’ पुनः थाल्ने, कर्णाली नदी प्रदर्शनीमा

पर्यटन बोर्डले ‘फोटो नेपाल प्रदर्शनी’ पुनः थाल्ने, कर्णाली नदी प्रदर्शनीमा

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । नेपाल पर्यटन बोर्डले ‘फोटो नेपाल प्रदर्शनी’ शृङ्खला पुनः सुरु गर्ने भएको छ । सन् २०१६ मा यस्तो शृङ्खला सुरु गरिएको थियो ।जसमा नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदालाई फोटोग्राफी मार्फत उजागर गर्ने गरिन्छ । यो शृङ्खला विशेष बनाउँदै नवीन बरालका ‘कर्णाली नदी’ नामक तस्वीर प्रदर्शनीमा राखिने भएको छ । १ र २ फागुनमा यस्ता तस्वीर पर्यटन बोर्डमा अवलोकन गर्न सकिने छ ।

    images
    images

    प्रदर्शनमा राखिने तस्वीर ४५ दिनमा तय गरिएको १ हजार ८० किलोमिटर लामो साहसिक यात्रामार्फत कर्णाली नदीको अद्भूत सौन्दर्यलाई कैद गरिएको बोर्डले जनाएको छ ।

    चीनको तिब्बती पठारबाट सुरु भएर नेपालको मनोरम भूभाग हुँदै प्रवेश गर्ने यस नदीको यात्रा प्राकृतिक, सांस्कृतिक तथा पर्यावरणीय महत्त्वका दृष्टिले महत्त्वपूर्ण रहेको समेत बोर्डले उल्लेख गरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend