images

२०८३ आश्विन २१ गते

images
images
images

भ्यालेनटाइन डे अवधिभर साढे चार करोडको फूल खपत हुने अनुमान, ७५ प्रतिशत आयात

भ्यालेनटाइन डे अवधिभर साढे चार करोडको फूल खपत हुने अनुमान, ७५ प्रतिशत आयात

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं । नेपालमा भ्यालेनटाइन डे (प्रणय दिवस) अवधिभर साढे चार करोड रुपैयाँभन्दा बढीको फूल खपत हुने अनुमान गरिएको छ ।फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले फेब्रुअरी ७ देखि १४ सम्म चार लाख २५ हजार स्टिम गुलाब (डज रोज) फूलको माग हुने अनुमान गरेको हो ।

    images
    images

    यसमा काठमाडौं उपत्यकाभित्र करिब दुई लाख ५५ हजार र बाहिर एक लाख ७० हजार स्टिम रोज खपत हुने फ्यानको आकलन छ ।आपूर्ति सहज भएमा यो सात दिनमा करिब चार करोड ६७ लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ ।बजार मागको करिब २५ प्रतिशत मात्र आन्तरिक उत्पादनबाट परिपूर्ति हुने र ७५ प्रतिशत आयात हुने संघको भनाइ छ ।

    फूलको गुणस्तरअनुसार प्रतिस्टिमको उपभोक्ता मूल्य ९० देखि १२० रुपैयाँसम्म पर्छ ।गत वर्ष प्रणय दिवसको अवधिमा तीन लाख ५० हजार स्टिम गुलाबको कारोबार भएको संघले जनाएको छ ।नेपालमा चाडपर्व बाहेकको सामान्य दिनमा प्रतिदिन आठ देखि १० हजार स्टिम गुलाबको माग रहने फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताएका छन् । नेपालमा जाडोयाममा कम फूल उत्पादन हुने उनको भनाइ छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend