images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ :...

सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी

सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी

images
images
मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • काठमाडौं ।  उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले सिमेन्टमा भएको मूल्यवृद्धिका विषयमा अध्ययन हुने बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उनले सिमेन्टमा भएको मूल्यवृद्धिका साथै उत्पादन र लागतको अवस्थाका अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिए ।

    images
    images

    उनले केही सिमेन्ट उद्योगहरूले घाटामा सिमेन्ट बिक्री गर्नुपरेको गुनासो गरेको भन्दै सबै विषयमा अध्ययन हुने जिकिर गरे । उनले उपभोक्तालाई पनि मारमा पर्न नदिने र उद्योगीहरूलाई पनि निरुत्साहित नबनाइएको स्पष्ट पारे । मुलुकको आत्मनिर्भर उद्योगको रूपमा रहेको सिमेन्ट उद्योगका बारेमा सरकारले नसोच्ने हो भने अन्य उद्योगजस्तै धरासयी हुने उनले बताए ।

    उनले अहिले बढेको मूल्यमा समेत घाटा भएको व्यवसायीले जनाएको जिकिर गरे । मन्त्री भण्डारीले अघोषित लोडसेडिङका कारण पनि सिमेन्टको मूल्यवृद्धि भएको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका थिए । त्यसपछि मन्त्री भण्डारीले  सिमेन्टको मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको भएको भन्दै समितिको निर्देशन स्वीकार्य हुने जिकिर गरे ।त्यस्तै समिति सदस्यहरूले सिमेन्टमा भएको मूल्यवृद्धि अस्वाभाविक भएको भन्दै तत्काल नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्ने धारणा राखेका थिए । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend