images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • अब फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको...

अब फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने

अब फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौँ । सुरक्षित कारोबार ऐनको संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयकलाई सोमबार प्रतिनिधिसभाले संशोधनसहित सर्वसम्मतिले पारित गरेको हो ।

    images
    images

     पारित भएसँगै उक्त विधेयक अब राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभा अध्यक्षले यसलाई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछन् । प्रमाणीकरण भएपछि राजपत्रमा सूचना प्रकाशित भएपछि उक्त संशोधन लागु हुनेछ । 

    यो संशोधनपछि २०६३ सालमा बनेर एक दशकपछि लागु भएको उक्त ऐन थप व्यवस्थित रूपमा कार्यान्वयन हुने बाटो खुल्नेछ । यसले कारोबारको दायरालाई थप फराकिलो र प्रस्ट बनाएको छ ।  

    images
    images

    अहिले व्यक्तिगत तथा संस्थागत रूपमा ऋणको कारोबार हुँदा विभिन्न सम्पत्ति धितोमा राख्ने प्रचलन छ । बैंक तथा वित्तीय संस्थाले पनि सम्पत्ति धितोमा कर्जा दिँदै आएका छन् । तर, धितोमा ऋण दिँदा कि भने स्थिर सम्पत्ति (जस्तै: घरजग्गा, परियोजनालगायत धितो) का साथै कतिपय अवस्थामा सवारी साधन तथा तथा बहुमूल्य गहना धितोमा समेत कर्जा दिने चलन छ । 

    कानुनतः यीबाहेक कुनै पनि चल अचल सम्पत्ति धितोमा राख्न सकिन्छ । अचल सम्पत्तिको बेचबिखन रोक्न जग्गा रोक्का र सेयर कारोबार रोक्का गरिन्छ । सुनचाँदी कर्जामा कर्जा दिने व्यक्तिले सुनचाँदी नै राख्ने भएकोले समस्या हुँदैन । तर, अन्य चल वस्तुको धितो राख्दा भने समस्या हुन्छ । उदाहरणका लागि मोटरसाइकल धितोमा ऋण दिँदा ऋण लिने व्यक्तिले नै मोटरसाइकल चढ्छ । त्यसलाई धितोका रूपमा स्वीकार भने गरिएको हुन्छ । 

    यो ऐन यतिमा मात्रै सीमित छैन । खेतमा फल्दै गरेको बाली, जंगलमा हुर्किरहेको रुख, गोठमा भएका बस्तुभाउ समेतलाई आधार मानेर ऋण दिन सक्ने अवधारणा यो ऐनको हो । स्थिर सम्पत्ति नहुनेहरूका लागि ऋण लिने यो एउटा आधारसमेत थियो । यसले बैंक तथा वित्तीय संस्थादेखि व्यक्ति–व्यक्तिबिच हुने कारोबारलाई समेत ‘रिकग्नाइज’ गर्ने व्यवस्था गरिएको छ । 

    उदाहरणका लागि एक व्यक्तिले अर्कोलाई ऋण दिँदा मोटरसाइकल धितोमा राख्ने गरी सम्झौता गर्छ भने यसरी सम्झौता गरेको जानकारी सुरक्षित कारोबार रजिस्ट्रार कार्यालयको वेब पोर्टलमार्फत रेकर्ड गर्छ । योसँगै उक्त कारोबार सुरक्षित भएको मानिन्छ । कुनै कारणले ऋण लिने व्यक्तिले पैसा फिर्ता गरेन भने धितोमा राखिएको उक्त वस्तु सीधै जफत गर्न सक्ने व्यवस्था ऐनमा गरिएको छ । 

    त्यस्तै, एउटै सम्पत्ति पटक–पटक धितोमा राखेर ऋण दिँदा धेरै पटक कारोबार सुरक्षित गर्न सकिन्छ । यस्तो अवस्थामा पहिलो पटक कारोबार गर्नेले पहिलो प्राथमिकता पाउने व्यवस्थासमेत गरिएको हुन्छ । 

    यो ऐन २०६३ सालमा बनेको हो । तर, सुरक्षित कारोबार रजिस्ट्रार कार्यालयको व्यवस्था नहुँदा २०७४ सालदेखि मात्रै लागू भयो । यस्तो कार्यालयको काम अहिले कर्जा सूचना केन्द्रले गर्दै आएको छ । सवारी साधन धितोमा कर्जा दिने बैंक तथा हायर पर्चेज कम्पनीले यसलाई प्रयोग गर्दै आएका छन् । यसैलाई थप व्यवस्थित बनाउँदै नागरिक स्तरसम्मको कारोबारलाई यो दायरामा ल्याउन ऐन संशोधन गर्न लागिएको हो । 

    • के छ संशोधित विधेयकमा ? 

    अहिलेको संशोधनले भने खासगरी अन्तर्राष्ट्रिय व्यापार र सूचना प्रविधिसँग सम्बन्धित कारोबारलाई सुरक्षित कारोबारअन्तर्गत समेट्न खोजेको देखिन्छ । सुरक्षित कारोबार सम्बन्धित अधिकारपत्रअन्तर्गत प्रतिज्ञापत्र (एलसी), विनिमय पत्र र अन्य विनिमय अधिकार पत्रलाई समेत सुरक्षित कारोबारको दायरामा समावेश गरिएको छ । यसले गर्दा अब वैदेशिक व्यापारसम्बन्धी क्रियाकलापमा कारोबार सुरक्षितका लागि बाटो खुल्नेछ । त्यस्तै, बौद्धिक सम्पत्तिलाई समेत आधार मानेर ऋण दिन सकिने व्यवस्था संशोधनमा छ । 

    यसबाट जडित सामान, उत्खननका लागि अनुमतिप्राप्त खनिज पदार्थ, हुर्किँदै गरेको बाली, काट्नुपर्ने रुख लगायत मूर्त तथा अमूर्त सम्पत्तिलाई समेत धितोमा राखेर व्यक्तिगत रूपमै ऋण दिन सहज हुने सरोकारवालाहरू बताउँछन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend