images

२०८३ आश्विन १८ गते

images
images
images

चलचित्र विकास बोर्डले ‘इनडोर सुटिङ स्टुडियो’ का लागि गर्‍यो बोलपत्र आह्वान

चलचित्र विकास बोर्डले ‘इनडोर सुटिङ स्टुडियो’ का लागि गर्‍यो बोलपत्र आह्वान

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौँ । चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’ का लागि बोलपत्र आह्वान गरेको छ। बोर्डले सूचना सार्वजनिक गर्दै आइतबार निर्माणका लागि इच्छुक कम्पनीले आगामी ३० दिनभित्र ‘इ-बिडिङ’मार्फत आवेदन दिन सक्ने बताएकाे छ।

    images
    images

    बोर्डका अध्यक्ष दिनेश डिसीले धेरै वर्षदेखि देखिएको फिल्मकर्मीको सपना छिट्टै पूरा हुने जानकारी दिए। उनले भने ‘नेपाली फिल्म छायांकनका लागि यो भव्य स्टुडियो बन्ने छ। यो परियोजनाले स्वदेशी फिल्म उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढंगको सुटिङस्थल प्रदान गर्नेछ, त्यसकारण यो सम्पूर्ण चलचित्रकर्मीको पर्खाइको एक सपना हो।’

    बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त स्टुडियो विगत केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयनमा जान सकेको थिएन। स्टुडियोको शिलान्यास दुई महिनाभित्रै गर्ने योजना रहेको अध्यक्ष डिसीले बताए।

    images
    images

    ‘मैले बोर्डमा अध्यक्षका पद सम्हालेदेखि नै गरिरहेको कार्यले अहिले मूर्तरुप पाउँदै छ। स्टुडियोसँगै अहिले आवश्यक रहेको नयाँ फिल्म नीति पनि छिट्टै पाउने छौँ’, अध्यक्ष डिसीले भने। उनले २०८२ साल वैशाख १ गतेदेखि ‘रियल टाइम बक्स अफिस’ लागू गर्ने तयारी भइरहेको जानकारी दिए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend