काठमाडौं । सरकारले ५७ वटा नयाँ हिमाल आरोहणका लागि खुला गरेको छ । हिमालको सूची सार्वजनिक गर्दै पर्यटन विभागले नयाँ हिमाल आरोहणका लागि खुला भएको जानकारी दिएको छ ।
विभागले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ को नियम २ (क) को उपनियम (१) बमोजिम पर्वतारोहणका लागि ५८ सय मिटरदेखि ६८ सय मिटरसम्मका हिमाल आरोहणका लागि खुला गरेको हो ।
पर्यटन विभागले पर्यटन व्यवसायी र नेपाल पर्वतारोहण संघको सहकार्यमा नयाँ हिमाल खुला गरेको जानकारी दिएको छ ।विभागका अनुसार पर्यटन प्रवर्द्धन, गर्न विदेशी आकर्षित गर्न र व्यवसायीले नयाँ प्याकेज बिक्री गर्न ती हिमाल आरोहणका लागि खुला भएको हो ।
विदेशीलाई पर्वतारोहण शुल्क %ले बढ्दा नेपालीलाई शत् प्रतिशतले बढ्यो, कुनमा कति ?
पर्यटन विभागले पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका विभिन्न हिमालचुली आरोहणका लागि खुला गरेको हो ।आरोहणयोग्य हिमाल क्रमशः खुला गर्दै जाने सरकारको नीति बमोजिम नयाँ हिमाल आरोहण खुला भएको विभागले जानकारी दिएको छ । विभागका अनुसार सरकारले गत आर्थिक वर्ष २०८०/८१ को बजेटबाटै आरोहणयोग्य हिमाल क्रमशः खुला गरिँदै जाने उल्लेख गरेको थियो ।
गत वर्षको बजेटको बुँदा नम्बर ७० मा सरकारले नयाँ हिमाल खुला गर्दै जाने उल्लेख गरे बमोजिम तयारी गर्दै हिमाल खुला गर्दा चालु आव २०८१/८१ मा मात्रै सूचना सार्वजनिक भएको उल्लेख छ ।
४७६ हिमाल आरोहणका लागि खुला
सरकारले नयाँ हिमाल आरोहणका लागि खुला गरेसँगै आरोहण गर्न पाइने हिमालको संख्या ४७६ वटा पुगेको छ । यस अघि ४ सय १९ हिमाल चुचुरो आरोहणका लागि खुला भएकोमा अब ७५ वटा थपिएका छन् । यी हिमालमा सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटर माथिका हिमालसमेत छन् ।सरकारले नयाँ हिमाल खुला गर्दै गएको भए पनि हालसम्म ६८ हिमचुलीमा मानव पाइला नपरेको पर्यटन विभागले सार्वजनिक गरेको हिमाल आरोणहको तथ्यांकले देखाएको छ ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले सरकारसँग सहकार्य भएरै नयाँ हिमाल खुला भएकोले अब आरोहणका लागि पर्यटक पुर्याउने विषयमा पनि सहकार्य जरुरी भएको बताए ।शेर्पाले क्लिकमान्डुसँग भने, ‘आरोहण खुला भएर मात्रै हुँदैन्, त्यसको प्रवर्द्धन गर्नुपर्ने र पर्यटक आकर्षित गर्ने गरी प्याकेज बनाउनुपर्ने हुन्छ । त्यसका लागि सरकारले एनएमएलाई जिम्मा दिएको अवस्थामा हामी त्यसको व्यवस्थापन गर्न तयार छौं ।’ शेर्पाल मानव पाइल नपरेको र प्रवर्द्धन हुन नसकेका हिमाल एनएमएलाई दिए पर्यटक आकर्षित गराउने गरी काम गर्न सक्ने पनि बताए ।




.gif)





