images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • एउटा मात्र आवदेन परेपछि सूचना स्थगन...

एउटा मात्र आवदेन परेपछि सूचना स्थगन गरिएको होः उर्जामन्त्री दीपक खड्का

एउटा मात्र आवदेन परेपछि सूचना स्थगन गरिएको होः उर्जामन्त्री दीपक खड्का

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘किमाथाङका अरूण जलविद्युत् आयोजना’ र‘ मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना’ बारे वित्तीय लगानी आह्वानको आशयपत्र पेस गर्ने सम्बन्धमा एउटा मात्रै आवदेन परेका कारण स्थगित गर्नुपर्नेको स्पष्ट पारेका छन् ।

    images
    images

    उक्त दुई आयोजना सम्बन्धमा प्रतिनिधिसभा, पूर्वाधार विकास समितिमा परेको उजुरीको सवालमा आज जवाफ दिँदै मन्त्री खढ्काले गलत नियतले सूचना प्रकाशन गरी रद्ध गरिएको नभइ एउटा मात्रै आवेदन परेका कारण रद्ध गर्नुपरेको बताए । 

    सरकारको स्वामित्वको ‘विद्युत् उत्पादन कम्पनी’ ले मङ्सिर २३ गते ‘किमाथाङका अरूण जलविद्युत् आयोजना अर्धजलाशयुक्त चार सय ५४ मेगावाट’ र ‘मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजना एक हजार नौ सय दुई मेगावाट’ को लागि सार्वजनिक निजी साझेदारी ढाँचामा लगानीको आह्वान गरेको थियो । 

    images
    images

    कम्पनीको प्रबन्धपत्र, २०७३ अनुसार जारी गरिएको आयोजना निर्माणका लागि लागनी साझेदारी गर्ने सम्बन्धी कार्यविधि २०८१ जलविद्युत् क्षेत्रका विज्ञहरूका अनुसार कम लागतको र व्यावसायिक रूपमा आकर्षक योजना सेटिङको आधारमा दिने गरी अगाडि बढाइएको भन्दै ललिन्द्र राईले समितिमा उजुरी दिएका थिए ।

    कम्पनीले मुख्य सरोकारबाला पक्ष ‘नेपाल विद्युत् प्राधिकरण’, ‘कर्मचारी सञ्चयकोष’ र ‘नागरिक लगानी कोष’ सँग कुनै समन्वय नगरी सूचना प्रकाशन गरिएको भन्दै उजुरकर्ता राईले उजुरीको टुङ्गो नलागे सम्म वित्तीय लगानी आह्वानको आशयपत्र पेस गर्ने सम्बन्धी सूचनाको सम्पूर्ण कारबाही स्थगित गर्न माग गरेका थिए  ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend