images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • विजय लघुवित्तको नाफामा उल्लेख्य वृद्धि,सबै सुचकमा...

विजय लघुवित्तको नाफामा उल्लेख्य वृद्धि,सबै सुचकमा फड्को मार्यो

विजय लघुवित्तको नाफामा उल्लेख्य वृद्धि,सबै सुचकमा फड्को मार्यो

images
images
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं। विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

    images
    images

    चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्म ७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिको तुलनामा ६१.९८ प्रतिशतले धेरै हो । यस संस्थाले गत वर्ष ४ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    यस अवधिमा कम्पनीले पुस सम्म २७ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसैअवधिमा विजयले २० करोड ४४ लाख रुपैयाँ उक्त आम्दानी गरेको थियो । यसको सञ्चालन नाफा पनि ६२.५२ प्रतिशतले बढेर १० करोड ५६ लाख रुपैयाँ कायम भएको छ ।

    images
    images

    चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँको रहेको यस कम्पनीको जगेडा कोषमा ४६ करोड ३४ लाख रुपैयाँ जम्मा छ । संस्थाको एनपीएल भने ७.९० प्रतिशत विन्दुबाट बढेर ८.३५ प्रतिशत विन्दुमा पुगेको छ ।

    प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०१ पैसाबाट बढेर यस समिक्षा अवधिमा १८.९१ रुपैयाँ कायम भएको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ भने १५८.६४ रुपैयाँ पुगेको छ । संस्थाको एनपीएल भने ७.९० प्रतिशत विन्दुबाट बढेर ८.३५ प्रतिशत विन्दुमा पुगेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend