images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा तिव्र...

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा तिव्र आकर्षण, साढे ५ गुणा बढी ओभरसब्सक्राइब्ड

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा तिव्र आकर्षण, साढे ५ गुणा बढी ओभरसब्सक्राइब्ड

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)मा लगानीकर्ताको तिव्र आकर्षण देखिएको छ। आज माघ २३ गते साँझसम्म यस कम्पनीको आइपीओ ५.५६ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। सीडीएससीका अनुसार साँझ ५ बजेसम्म ४५ हजार ३५३ आवेदकबाट १२ लाख ५१ हजार ६९० कित्ता शेयरका लागि आवेदन परेको छ।

    images
    images

    कम्पनीले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गरेको थियो। नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न स्वीकृति पाएको कम्पनीले २२ लाख ५० हजार कित्ता शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।पहिलो चरणमा कुल निष्कासनको १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

    अब यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ, जसअनुसार २२ हजार ५०० भाग्यमानी आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।

    images
    images

    नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू तथा सीडीएससीको मेरो शेयर मार्फत लगानीकर्ताले आवेदन दिन सक्नेछन्। आवेदन माघ २९ गतेसम्म बैंकिङ समयसम्म दिन सकिनेछ।

    लगानीकर्ताहरूको उच्च चासो र व्यापक सहभागिता हेर्दा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बजारमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend