images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • श्वेत गंगा हाइड्रोपावरको आम्दानीमा उल्लेख्य वृद्धि,...

श्वेत गंगा हाइड्रोपावरको आम्दानीमा उल्लेख्य वृद्धि, नाफा पनि धनात्मक

श्वेत गंगा हाइड्रोपावरको आम्दानीमा उल्लेख्य वृद्धि, नाफा पनि धनात्मक

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ५१ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.८५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४६ करोड २४ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

    images
    images

    समीक्षा अवधिमा कम्पनीको कुल नाफा १०.३३ प्रतिशत, खुद सञ्चालन मुनाफा १५.९१ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २२.१३ प्रतिशत घटेको छ।गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ लाख ५३ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १० करोड २५ लाख रुपैयाँ धनात्मक भएको छ।

    पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ७३ पैसा रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend