images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने...

क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा गरेका छन् । बुधवार पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियान सुरु गर्दै स्वास्थ्यलाई निःशुल्क र कम शुल्कमा प्राप्त गर्ने व्यवस्था मिलाउने उनले सुनाए । नेपालमा क्यान्सरबाट हुने मृत्युदर बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले यसको निर्मुलीकरणमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए । 

    images
    images

    तथ्यांकअनुसार नेपालमा दैनिक ६ महिलाको मृत्यु हुन्छ । त्यसमध्ये ४ जनाको पाठेघरको क्यान्सरबाट मृत्यु हुन्छ । ‘यो सामान्य तथ्याङ्क होइन । क्यान्सर खानपान, वातावरण जस्ता कारणले बढेको छ,’ उनले भने, ‘यो रोगको नियन्त्रण गर्ने र निर्मूल गर्ने उद्देश्य छ ।’ 

    पौडेलले नेपालको भविष्यलाई पाठेघरको क्यान्सरबाट बचाउन खोप अभियान थालिएको बताए । ‘भविष्य यो खोपले बचाउँछ । खोपबाट मात्र पूरा क्यान्सर नियन्त्रण हुँदैन,’ अघि थपे, ‘१४ वर्ष माथिका महिलाहरूको क्यान्सरको स्क्रिनिङ गर्ने र उपचार अभियान सरकारले चलाउँछ ।’ उनले केही हप्तामा क्यान्सर रोगीलाई दिने किमो निःशुल्क बनाउने घोषणा गरे । 

    images
    images

    नेपालमा उपचारमा मात्र रकम खर्च भएको भन्दै निरोधात्मक अभियान पनि सरकारले चलाउने सुनाए । ‘निरोधात्मक र रक्षात्मक काम गर्न सकिएको छैन । उपचारमा मात्र काम गरेका छौं । अब सरकारले उपचारसँगै बिरामी हुन नदिने क्षेत्रमा काम गर्छ,’ उनले भने । मन्त्री पौडेलले समाजवाद स्वास्थ्यबाट मात्रै आउने भन्दै स्वास्थ्य क्षेत्र बढी सुधार्नुपर्ने बताएका छन् । 

    पोखरामा २३ हजारभन्दा बढी किशोरीलाई खोप लगाउने योजना छ । मेयर धनराज आचार्यले मङ्गलवारदेखि नै पोखरामा सुरु भए पनि बुधवार स्वास्थ्यमन्त्रीको उपस्थितिमा शीतलादेवी स्कुलबाट खोप लगाउन थालिएको जानकारी दिए । यसका लागि नगरका २७५ स्कुलमा खोप केन्द्र चलाइएको छ । ६ देखि १० कक्षासम्मका किशोरीलाई खोप लगाउने र स्कुल नपढ्ने १० देखि १४ वर्षका किशोरीलाई पनि खोपको व्यवस्था गरिएको मेयर आचार्यले जानकारी दिए । 

    स्वास्थ्य नीति महाशाखा प्रमुख डा.कृष्णप्रसाद पौडेलले पोखराभर ३९ हजारभन्दा बढी किशोरीलाई खोप देशभर १६ लाख ८८ हजारलाई खोप लगाउन लागिएको जानकारी दिए । गण्डकीमा १ लाख ५ हजारलाई खोप लगाउने तयारी छ । ‘९० प्रतिशत भन्दा बढीले खोप लगाउने अनुमान छ । सरकारले राष्ट्रिय क्यान्सर उपचार रणनीति तयार पनि गरेको छ,’ उनी भन्छन्, ‘सरकारबाट रोग उपचार भन्दा रोग बचावट कार्यक्रममा बढी जोड भइरहेको छ । अब रोगीको उपचार गर्ने मात्र होइन, रोग लाग्नै नदिने हो ।’ यद्यपि निधानात्मक अभियान उपचारभन्दा ज्यादै महँगो हुने उनले बताए । 

    वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले उपचार बेलैमा गर्दा मात्र फाइदा हुने बताए । ‘सरकारले रोग नै नलागोस् भनेर काम गरेको छ,’ उनले भने, ‘उपचार पनि बेलैमा गरे मात्र फाइदा हुन्छ । सचेत हामी आफै हुने हो ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend