images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • ताप्लेजुङ र पाँचथरमा मष्ट ईवा हाइड्रो...

ताप्लेजुङ र पाँचथरमा मष्ट ईवा हाइड्रो बन्ने, २०८४ चैतदेखि व्यवसायिक उत्पादन हुने

ताप्लेजुङ र पाँचथरमा मष्ट ईवा हाइड्रो बन्ने, २०८४ चैतदेखि व्यवसायिक उत्पादन हुने

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । तीनजुरे हाइड्रोपावर प्रालिले ४.६ मेगावाटको सुपर मष्ट ईवा जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।कम्पनीले ताप्लेजुङको सिदिङवा गाउँपालिका-१ तथा पाँचथरको याङवरक गाउँपालिका-२ भएर बग्ने ईवा खोलाको पानीलाई उपयोग गरी जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । यो नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो ।

    images
    images

    कम्पनीले यो आयोजनाको विस्तृत अध्ययन र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आईई)  प्रतिवेदन तयार भइसकेको छ । विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) लिने प्रक्रिया अन्तिम चरणको पुगेको छ । लाइसेन्स लिने प्रक्रिया पूरा भएसँगै कम्पनीले निर्माण थाल्ने गरी कार्ययोजना बनाएको उल्लेख छ ।

    यो आयोजनाबाट वार्षिक २७.५५ गिगावाट आवर वार्षिक विद्युतीय ऊर्जा उत्पादन हुनेछ । आयोजनाको डिजाइन बहाव १.५५ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ३६० मिटर हुनेछ ।

    images
    images

    फलामबाट बनाइने हेडरेस पाइप ७७२ मिटर हुनेछ । उत्पादित बिजुलीलाई ३३/१३२ केभी अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । आयोजनाबाट २०८४ चैतदेखि व्यवसायिक उत्पादन गर्ने लक्ष्य छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend