images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • प्रहरी परिसर काठमाडौँमा दुई जना एसपी...

प्रहरी परिसर काठमाडौँमा दुई जना एसपी राख्ने निर्णय

प्रहरी परिसर काठमाडौँमा दुई जना एसपी राख्ने निर्णय

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँमा दुई जना एसपी राख्ने निर्णय गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले भद्रकालीस्थित परिसरको कार्यालयमा दुई जना एसपी राख्ने निर्णय गरेका हुन् ।

    images
    images

    दुई जना एसपी राख्ने निर्णय भएसँगै डीएसपीबाट एसपीमा बढुवा भएका कुलदीप चन्दलाई परिसरमा काज सरुवा गरिएको छ । केही दिनअघि मात्र परिसरमा एसपी अपिल राज बोहरा सरुवा भएर आएका थिए ।

    २०७८ कार्तिकमा तत्कालीन एसएसपी चक्रबहादुर सिंह नेतृत्वको समितिले काठमाडौँ परिसरमा सामाजिक अपराध, आर्थिक अपराध र जघन्य अपराध हेर्नेगरी ३ जना डीएसपी र मुद्दा फाँटको समग्र कमान्ड गर्न एसपी खटाउन सिफारिस गरेको थियो । मुद्दा हेर्ने एसपीलाई काठमाडौँका डीएसपी इन्चार्ज हुने १४ वटा वृत्तहरूको पनि मुद्दा अनुगमन गर्ने जिम्मेवारी दिनुपर्ने समितिको सिफारिस थियो ।

    images
    images

    पेशेवर अपहरणकारी समूहका सदस्य दुर्गाबहादुर बुढाथोकीले पर्याप्त प्रमाणको अभावमा सफाइ पाएको घटनापछि अनुसन्धानमा हुने कमजोरी न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।यसअघि, २०७८ चैतमा तत्कालीन एसपी सानुराम भट्टराईलाई मुद्दा हेर्नेगरी सरुवा गरिएपनि उनी गएका थिएनन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend