images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • आजदेखि काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन...

आजदेखि काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने

आजदेखि काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडौं । आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण लाइन भूमिगत गर्नुपर्ने भएकाले आजदेखि ८ दिनसम्म दिउँसो बिजुली अवरुद्ध हुने भएको हो ।

    images
    images

    प्राधिकरणले एक सूचना जारी गर्दै ८ दिनसम्म विभिन्न फिडर अन्तरगतका स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ ।

    जसअनुसार आज भत्केको पुल (चाबहिल)वरिपरिका क्षेत्र, २२ गते कलंकी मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र, २७ गते जोरपाटी फिडर अन्तरगत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र, २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend