images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • नगर सभा विवादले उपप्रमुख सुनिताले रोकिन्...

नगर सभा विवादले उपप्रमुख सुनिताले रोकिन् पोर्चुगल भ्रमण

नगर सभा विवादले उपप्रमुख सुनिताले रोकिन् पोर्चुगल भ्रमण

images
images
अर्थ समाचार
शुक्रवार, आषाढ १४ २०८१
अर्थ समाचार
शुक्रवार, आषाढ १४ २०८१
  • १४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले १५ असारमा तय भएको पोर्चुगल भ्रमण रद्द गरेकी छन् ।

    images
    images

    यतिबेला नगर सभामा नीति तथा कार्यक्रमको विषयमा विवाद छ । विवादको बीचमा पोर्चुगल उड्दा उपप्रमुखका कारण बैठक बस्न नसकेको भ्रम फैलिने भन्दै उनले भ्रमण रोकेकी हुन् ।

    ‘एक त महानगर प्रमुख नै राजनीतिक दलहरूलाई लक्षित गरेर आक्रामक रूपमा प्रस्तुत भइरहेका छन्, फेरि उपप्रमुख पनि विदेश जाँदा दलबाट निर्वाचित हुनेहरूले असहयोग गरिरहेको भन्ने भ्रम बाहिर आउन सक्ने भन्दै उहाँले भ्रमण रोक्नु भएको हो,’ उनी निकट स्रोतले भन्यो ।

    images
    images

    आज नीति कार्यक्रम छलफल भएर पास हुने आकलनको साथ डंगोलको भ्रमण तय भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend