images

२०८३ आश्विन २९ गते

images
images
images

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ आजदेखि खुला

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ आजदेखि खुला

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडाैं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आज माघ २१ गतेदेखि पहिलो चरणको आइपीओ (सर्वसाधारण शेयर) बिक्री खुला गरेको छ। सुरुमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आवेदन खुला गरिएको हो, जसले उनीहरूलाई स्वदेशमै लगानी गर्ने अवसर प्रदान गर्नेछ।

    images
    images

    नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ६० करोडको ३० प्रतिशत अर्थात १८ करोड रुपैयाँबराबरको आइपीओ निष्कासन अनुमति पाएको कम्पनीले पहिलो चरणमा १ लाख ८० हजार कित्ता शेयर प्रवासी नेपालीहरूका लागि छुट्याएको छ।वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखामार्फत तथा सीडीएससीको मेरो शेयर प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्।

    यो आइपीओ निष्कासन फागुन ५ गते बैंकिङ समयपछि बन्द हुनेछ भने यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड गैरआवासीय नेपाली, औषधि क्षेत्रमा विज्ञता हासिल गरेका व्यवसायीहरू तथा विशेषज्ञ डाक्टरहरूको सहभागिता रहेको कम्पनी हो। युरोपियन गुड म्यानुफ्याक्चरिङ स्ट्यान्डर्ड (EU GMP) अनुरूप औषधि उत्पादन गर्ने कम्पनीको उद्योग चितवनको भरतपुरमा अवस्थित छ।

    images
    images

    नेपाल सरकारको औषधि व्यवस्था विभागबाट हाल ३१ प्रकारका औषधि उत्पादनको अनुमति पाइसकेको कम्पनीले कुल ५६ प्रकारका औषधिहरू उत्पादन प्रक्रिया अघि बढाइरहेको छ।कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठका अनुसार, यो फार्मास्युटिकल्स क्षेत्रमै पहिलो कम्पनी हो, जसले सर्वसाधारणका लागि शेयर जारी गरेको छ, जसले अब अन्य औषधि कम्पनीहरूलाई समेत शेयर बजारमा प्रवेश गर्ने प्रेरणा मिल्नेछ।

    कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ मा ३ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य लिएको छ। आगामी २०८३/८४ मा यो नाफा ८ करोड ४६ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ।चालु आर्थिक वर्षमा कम्पनीको सञ्चालन आम्दानी ३० करोड ३ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ भने २०८३/८४ मा यो आम्दानी ६९ करोड ९१ लाख रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ।कम्पनीको प्रतिशेयर आम्दानी (EPS) हाल ५.७३ रुपैयाँ रहेकामा आगामी आर्थिक वर्षसम्म १४.१० रुपैयाँ पुग्ने अनुमान छ। त्यस्तै, हाल ९८.११ रुपैयाँ रहेको प्रतिशेयर नेटवर्थ २०८३/८४ मा ११३.३७ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।

    कम्पनीले केयर रेटिङ नेपालबाट "CARE-NP BB-" (डबल बी माइनस) इस्युअर रेटिङ प्राप्त गरेको छ। यो रेटिङले कम्पनीलाई मध्यम स्तरको वित्तीय जोखिम रहेको संकेत गर्छ।ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ठूलो अवसर बन्न सक्ने देखिन्छ। औषधि क्षेत्रमा उच्च वृद्धि सम्भावना, युरोपियन मापदण्ड अनुरूपको उत्पादन प्रक्रिया र वित्तीय प्रक्षेपणले यस कम्पनीलाई लगानीयोग्य विकल्पको रूपमा उभ्याएको छ।यो कम्पनी सार्वजनिक भएपछि अन्य फार्मास्युटिकल कम्पनीहरूलाई पनि शेयर बजारमा आउने मार्ग खुल्ने देखिन्छ, जसले नेपालको औषधि उद्योगलाई थप प्रतिस्पर्धात्मक र पारदर्शी बनाउनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend