images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग राष्ट्रिय...

सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग राष्ट्रिय सभा सांसदको माग

सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग राष्ट्रिय सभा सांसदको माग

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग माग गरेका छन् । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सिमेन्टमा अत्याधिक मूल्यवृद्धि हुँदा निर्माण कार्यमा समस्या आइरहेको बताए ।

    images
    images

    चार महिनाअघि ४ सयमा पाउने सिमेन्ट अहिले ८ सय भन्दा पनि बढी रहेको उनले बताए ।‘अहिले यो सिमेन्टमा असाध्यै चर्को मूल्यवृद्धि भएको छ । यो भन्दा चार महिनाअघि साढे ४ सयमा पाउने सिमेन्ट अहिले ८ सय भएको छ । यसमा कार्टेलिङ भएको छ । सिण्डिकेट भएको छ,’ उनले भने, ‘यो निर्माण सामग्रीमा र विशेष गरेर सिमेन्टमा भएको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा भन्दा पनि नेपाली उपभोक्ताले चर्को मूल्य हाल्नुपर्ने जुन स्थिति छ, यसले निर्माण कार्यमा लागत मूल्य बढिरहेको छ ।’

    समेन्टमा भएको मूल्यवृद्धिका कारण नेपाली उपभोक्ताले चर्को मूल्य हाल्नुपर्ने परिस्थिति रहेको गुनासो गर्दै उनले निर्माण कार्यमा लागत मूल्य बढिरहेको पनि बताए ।‘एकातिर राज्यले पुँजीगत खर्च बढाउन सकिरहेको छैन । अर्कोतिर भएका विकास निर्माणका काममा पनि यस खालको मूल्यवृद्धिले लागत मूल्य बढ्ने र राज्यलाई बढी व्ययभार बढ्ने स्थिति भएको कारणले सरकारले छिटो भन्दा छिटो यसको समाधान गर्नुपर्छ । सार्वजनिक लेखा समितिले पनि छलफल गरेर सरकारलाई निर्देशन दिएको छ । त्यसको कार्यान्वयन गरी सिमेन्टको मूल्य घटाउन सरकारको तर्फबाट पहल होस्,’ उनले भने ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend