images

२०८३ आश्विन २१ गते

images
images
images

थारू गाउँले मेला अवलोकनबाट दैनिक दुई लाखभन्दा बढी कारोबार

थारू गाउँले मेला अवलोकनबाट दैनिक दुई लाखभन्दा बढी कारोबार

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • नेपालगन्ज । नेपालगन्जमा सञ्चालन भइरहेको प्रादेशिक महोत्सवभित्र बनाइएको थारू गाउँले मेला अवलोकन गर्न पुगेका अधिकांशलाई आफूतर्फ आकर्षित गर्न सफल भएको छ ।  

    images
    images

    सो थारू गाउँमा पाइने थारू परिकारलाई अवलोकनकर्ताले सबैभन्दा बढी मन पराएको हुँदा सो गाउँभित्र विभिन्न परिकार खान आउने बढ्दै जाँदा त्यहाँ मात्रै दैनिक दुई लाख पचास हजारभन्दा बढीको कारोबार भइरहेको महोत्सव तथ्याङ्क व्यवस्थापन उपसमितिका संयोजक युवराज ढकालले बताउनुभयो ।  

    थारू गाउँका सञ्चालक मङ्गल थारूले थारू गाउँमा आठ वटा थारूका होटल राखिएको जनाउँदै हरेक दिन एउटा होटलले कम्तीमा पनि ३० हजारभन्दा बढी रुपियाँका दरले कारोबार गरिरहेका छन् । 

    images
    images

    थारू गाउँमा हरेक दिन थारू कलाकारहरुबाट ३० वटा जति सांस्कृतिक कार्यक्रम प्रस्तुत भइहेकोले पनि अवलोकनकर्ताहरु दिनदिनै बढ्दै गएको जनाइएको छ । थारू गाउँका सञ्चालक मङ्गल थारूका अनुसार थारू गाउँभित्र आएर थारू नाच हेर्ने र त्यहाँ रहेको जीवन होटलमा घोंघी र गंगटा खाने युवायुवतीको दैनिक लर्को लाग्ने गरेको छ । सो होटलका सञ्चालक जीवन चौधरीले घोंघीमा बढी क्याल्सियम पाइन्छ भनेर थारूभन्दा पनि अन्य समुदायका व्यक्तिहरु सो खानका लागि बढी आउने गरेको बताउनुभयो । सो होटलमा दैनिक करिब ३० हजार रुपियाँको कारोबार भइरहेको होटलका सञ्चालक चौधरीले बताउनुभयो ।

    थारू गाउँभित्रको पाहुना स्वागत घरकी कोपिला चौधरीको होटलमा पनि ढिक्री, घोंघी, गंगटा र बंगुरको सेकुवा खान दैनिक रुपमा आउनेहरु सयौंको सङ्ख्यामा छन् । कोपिलाले भन्नुभयो, ‘म लम्की, धनगढी, कोहलपुर र टीकापुरको महोत्सवमा पनि सहभागी भएकोमा सबैभन्दा बढी व्यापार नेपालगन्जमा भइरहेको छ’, उहाँले खुसी व्यक्त गर्दै थप्नुभयो–‘दैनिक ३५ हजार रुपियाँभन्दा बढीको कारोबार भइरहेको छ ।’

    त्यहाँ रहेका अन्य होटलमा पनि सोही अनुपातमा कारोबार भइरहेकोले महोत्सवभित्रको थारु गाउँमा मात्र दैनिक दुई लाख पचास हजारभन्दा बढीको कारोबार भइरहेको महोत्सव व्यवस्थापन समितिले जनाएको छ । महोत्सवमा दैनिक करिब २१ लाख रुपियाँ बराबरको कारोबार भइरहेको तथ्याङ्क व्यवस्थापन उपसमितिका संयोजक ढकालले बताउँनुभयो । १० दिनमा महोत्सवमा दुई करोड आठ लाख रुपियाँ बराबरको कारोबार भएको ढकालले जनाउनुभयो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend