images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • बागलुङका खत्रीले फलाए १२ किलोको काउली,...

बागलुङका खत्रीले फलाए १२ किलोको काउली, वार्षिक १० देखि १२ लाख आम्दानी

बागलुङका खत्रीले फलाए १२ किलोको काउली, वार्षिक १० देखि १२ लाख आम्दानी

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भए ।

    images
    images

    गतवर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत भएका थिए ।

    विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती थालेकाखत्री यतिबेला यस क्षेत्रकै सफल किसानमा गनिन्छन् । उनले भने, ‘पुरस्कृत भइसकेपछि काउली उत्पादनमा झनै मेहनत गरेँ । यस वर्ष १२ केजी आठ सय ८० ग्रामको काउली फलाउन सफल भए ।’

    images
    images

    उनले १८ रोपनी जग्गा तरकारीखेती गर्दै आएका छन् ।आफ्ना साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा कहिलै विदेश जाने सोच नआएको जनाउँदै उनले गाउँमै उद्यमी बनेको जनाए ।

    स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक १० देखि १२ लाख आम्दानी गर्दै आएका थिए।अहिले काउली र ब्रोकाली मात्रै १० क्विन्टल बिक्री गरेको खत्रीले बताए ।

    तरकारीखेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा र पाँच रोपनी बाँझो जग्गालाई सदुपयोग गर्दै उनले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् ।

    खत्रीको फार्ममा आठवटा प्लाष्टिक टनेलमध्ये दुईवटा हाइटेक र अ परम्परागत टनेल छन् । खत्रीले कृषि ज्ञान केन्द्र र बागलुङ नगरपालिकाको प्राविधिक सहयोगमा आफू सफल भएको बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend