images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • लाहाखेतीबाट मनग्गे आम्दानी गर्दै झापा...

लाहाखेतीबाट मनग्गे आम्दानी गर्दै झापा गौरादहका विश्वकर्मा

लाहाखेतीबाट मनग्गे आम्दानी गर्दै झापा गौरादहका विश्वकर्मा

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • पथरी- झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ सालदेखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै आएका छन् ।

    images
    images

    उनले जिल्लाको गौरादह–२ मा ‘निर्मल चप्रा उद्योग’ सञ्चालन गरी वार्षिक एक सयदेखि डेढ सय मजदुरलाई लाहा बाँध्ने, खोल्ने, काट्ने र प्रशोधन गर्न रोजगारी दिएका छन् । उनले भने “लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ ।”

    लाहाबाट उत्पादन हुने चप्राको माग बढेसँगै विश्वकर्माले धनकुटा, भोजपुर र तेह्रथुमका किसानलाई लाहाखेती गर्न सिकाएर खरिद गर्दै आएका छन् । वर्षमा दुई याममा उत्पादन हुने लाहा उनले वार्षिक आठ हजार किलोग्रामसम्म उत्पादन गर्दै आएका छन् । उनका अनुसार कोशी प्रदेशबाट वार्षिक २०–२५ क्विन्टलसम्म उत्पादन हुने गरेको छ ।

    images
    images

    झापाबाट सुरु गरेको लाहाखेतीले कोशी प्रदेशका पाँच जिल्लामा रोजगारी सृजना सुरु गरेको पूर्व डिभिजन वन अधिकृत विष्णुलाला घिमिरेले बताए। कोशी प्रदेशको चतराको बगरबाट राजमार्ग उत्तरको जङ्गली भेग हुँदै मेचीसम्म लाहाखेतीका लागि उपयुक्त क्षेत्र भएको उनले बताए।

    लाहाको बीउ उत्पादन गर्न बयरको बोट उत्तम हो । एक किलो लाहा बराबर पाँच सय ग्राम चप्रा निस्किने गरेको छ । रङ्गीन लाहा रु सात–आठ सयमा बिक्री हुँदै आएको छ भने कुसुमी लाहा रु एक हजार प्रतिकेजी बिक्री हुने गरेको छ ।लाहाखेतीका लागि धनकुटाको साँगुरीगढी गाउँपालिका र चौबीसे गाउँपालिका उर्वरभूमि रहेको मोरङ जिल्ला वन कार्यालयका प्रमुख उत्सव थापाले बताए।लाहाखेती बहुआयामिक भएकाले कोशी प्रदेश सरकारले लाहाखेती विस्तार र प्रवर्द्धन कार्यक्रम नै सुरु गरेको थापा बताउँछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend