images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • कुमारी बैकको अगुवाईमा ९० मेगावाटको मस्र्याङ्दी...

कुमारी बैकको अगुवाईमा ९० मेगावाटको मस्र्याङ्दी नदी अर्धजलाशय युक्त जलविद्युत् आयोजनामा लगानी

कुमारी बैकको अगुवाईमा ९० मेगावाटको मस्र्याङ्दी नदी अर्धजलाशय युक्त जलविद्युत् आयोजनामा लगानी

images
images
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • काठमाडौं, १८ माघ । कुमारी बैकको अगुवाईमा ९० मेगावाटको मस्र्याङ्दी नदी अर्धजलाशय युक्त जलविद्युत् आयोजनामा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त लगानी सम्बन्धी सम्झौता शुक्रवार सम्पन्न भएको हो ।

    images
    images

    लगानी सम्झौता एम. ए. पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैक, प्रभु बैक, सिद्धार्थ बैक र कृषि बिकास बैक लगायतका बिभिन्न बैंक तथा वित्तिय संस्थाहरुको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको हो ।

    कम्पनीका अनुसार स्वपुँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशत सम्म स्वपुँजी लगानी गर्न पुर्व आवश्यक अगाडीे बढाएको कम्पनीका अध्यक्षले बताउनु भएको छ । यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड मार्फत सेतीखोला जलबिद्युत आयोजना २२ मे.वा. निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।ँ

    images
    images

    आयोजनाको नेपाल विद्युत् प्राधिकरण सँग २०८० साल कार्तिक ०१ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन सुरु गर्नु पर्ने २०८६ साल बैशाख २२ रहेको बैंकले जनाएको छ ।

    आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतीका लागी सम्बन्धित निकायमा पेश भएको कम्पनीका अध्यक्षले बताए । आयोजनाबाट उत्पादित विद्युत् विद्युत गृह देखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११।६ किलोमिटर दूरीमा नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०र१३२ केभी मा जोडिने बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend