images

२०८३ आश्विन २१ गते

images
images
images
  • अर्थतन्त्र
  • ‘कर प्रणाली सुधारमा चार्टर्ड एकाउन्टेन्टको भूमिका...

‘कर प्रणाली सुधारमा चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्त्वपूर्ण’

‘कर प्रणाली सुधारमा चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्त्वपूर्ण’

images
images
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • काठमाडौं । नेपालमा लेखासम्बन्धी पेसा तथा शिक्षाको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) २८औं वर्षमा प्रवेश गरेको छ ।आइक्यानले आफ्नो वार्षिकोत्सवमा बिहीबार काठमाडौं र मुलुकभरि विविध कार्यक्रम आयोजना गरेको छ ।

    images
    images

    आइक्यानको वार्षिकोत्सवमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र सही दिशामा चलायमान गराउन र वित्तीय अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्त्वपूर्ण रहेको बताए ।चार्टर्ड एकाउन्टेन्टको काँधमा वित्तीय लेखाजोखा मूल्यांकन गर्ने जिम्मेवारी रहेको भन्दै उनले त्यो ठिक भएको खण्डमा वित्तीय सुशासन आफैं सही ठाउँमा आउने बताए ।

    उनले सार्वजनिक वित्त व्यवस्थापन सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने समेत सुझाव दिए ।मुलुकको कर प्रणाली सुधार र राजस्व वृद्धिमा चार्टर्ड एकाउन्टेन्टको महत्त्वपूर्ण सहकार्यको अपेक्षा सरकारले गरेको उनले बताए ।कर र राजस्व क्षेत्रमा आवश्यकता अनुसार काम हुन नसकेको भन्दै उनले कर प्रणालीमा धेरै सुधार चाहिएको बताए ।व्यवसायीले कर छल्न नसक्ने प्रकारको कर प्रणाली स्थापित गरिनुपर्ने उनको भनाइ छ ।

    images
    images

    ‘कर सुधार र राजस्व वृद्धिका कुरा गरिरहे पनि पछिल्ला कतिपय तथ्यांकले यस्तो देखाएको छैन,’ अर्थमन्त्री पौडेलले भने, ‘कर प्रणालीमा सुधारको कुरा गर्छौं तर त्यसमा चाहे अनुसार सुधार गर्न सकिरहेका छैनौं । कुनै पनि व्यवसायीले कर छल्न नसक्ने र औचित्यमा आधारित कर प्रणाली स्थापित गर्ने सन्दर्भमा हामीले अझै धेरै काम गर्न बाँकी छ ।’पूँजीबजार दिगो, भरपर्दो र विश्वसनीय तरिकाले अगाडि बढाउन र कुनै पनि प्रकारका चिटिङ प्रवेश हुन नदिन आइक्यानले आफ्नो ठाँउबाट भूमिका खेल्न सक्ने उनको अपेक्षा छ ।

    सरकारले अर्थतन्त्र सामु आएका समस्या समाधान गर्न एकसाथ २९ कानुन संशोधन गर्न अध्यादेश ल्याएको बताए ।उनले अर्थतन्त्रलाई चलायमान बनाउन, लगानी बढाउन, उत्पादन बढाउन, रोजगारी बढाउन र विदेशी लगानी आकर्षण गर्न सरकारले प्रयास गरिरहेको दाबी गरे ।कार्यक्रममा महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेले अर्थतन्त्र विकासमा वित्तीय प्रणाली सुधार आवश्यक हुने र यसमा चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

    विश्वमै चार्टर्ड एकाउन्टेन्ट एक प्रतिष्ठित व्यवसाय भएको भन्दै उनले सरकारको प्रतिनिधि र कर अधिकृतका रूपमा रहेको उनको भनाइ छ ।आइक्यान अध्यक्ष प्रविणकुमार झाले लेखा, लेखा परीक्षण तथा कर लगायत विषयमा चार्टर्ड एकाउन्टेन्टले गहन अध्ययन र सोही क्षेत्रमा तालिम तथा व्यावसायिक अनुभव प्राप्त गर्ने हुनाले चार्टर्ड एकाउन्टेन्टलाई विज्ञका रूपमा हेरिँदै आइएको बताए ।चार्टर्ड एकाउन्टेन्टले सरकारका विभिन्न निकायको लेखा परीक्षण तथा परामर्श सम्बन्धी सेवा दिँदै आएको भन्दै विभिन्न अध्ययन तथा छानबिन सम्बन्धी सीमितमा रहेर समेत काम गरिरहेको उनले बताए ।

    आइक्यान उपाध्यक्ष निलबहादुर सारु मगरले नेपालमा पनि ठुल्ठूला काम गर्ने फर्म सञ्चालनमा सरकारले सहजीकरण गरिदिनुपर्ने बताए ।कार्यक्रममा संस्थाका अध्यक्ष सीए प्रवीणकुमार झाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा २०८१/८२ देखि २०८५/८६ सम्मको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरे ।रणनीतिमा चार प्रमुख रणनीतिक नियत, २० रणनीतिक लक्ष्य र ८० कार्यनीति रहेको संस्थाले जनाएको छ ।रणनीतिहरूमा लेखा व्यवसायको पहुँच र विश्वसनीयता विस्तार गर्ने, सदस्यरूलाई अधिकतम सहभागिता र सरोकारवालासँग सहकार्य गर्ने, आर्थिक समृद्धिका लागि सरकारको साझेदारीका रूपमा विस्तार गर्ने र ग्लोबल स्ट्यान्डिङ अभिवृद्धि गर्ने तथा संस्थागत प्रभावकारिता र दिगो विकास छन् ।

    आधा दिवसीय सम्मेलनमा दुई कार्यपत्र

    संस्थाको २८औं वार्षिकोत्सवमा काठमाडौं र उपत्यका बाहिर विभिन्न गतिविधि आयोजना गरिएका थिए । बिहीबार नै संस्थाले आधा दिवसीय सम्मेलन समेत आयोजना गरेको छ ।सम्मेलनमा दुई कार्यपत्र प्रस्तुत भए । संस्थाका निर्देशक सीए किरणकुमार खत्रीले प्रस्तुत गरेको पहिलो कार्यपत्रमाथि संस्थाका अध्यक्ष झा, नेपाल राष्ट्र बैंकका एएमएल/सीएफटी विशेषज्ञ डा. हरि नेपाल र फाइनान्सियल इन्टिलिजेन्स युनिट प्रमुख वासुदेव भट्टराई, सीए अमन उप्रेती र सम्पत्ति शुद्धीकरण निवारण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले छलफल गरेका थिए । दोस्रो कार्यपत्र सीए शैलेन्द्र उप्रेतीले प्रस्तुत गरेका थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend