images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • इसिबीद्वारा प्रमुख व्याजदरमा २५ प्रतिशत अङ्कको...

इसिबीद्वारा प्रमुख व्याजदरमा २५ प्रतिशत अङ्कको कटौती

इसिबीद्वारा प्रमुख व्याजदरमा २५ प्रतिशत अङ्कको कटौती

images
images
शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • फ्रयाङ्कफर्ट, १८ माघ । युरोपेली केन्द्रीय बैङ्क (इसिबी) ले बिहीबार प्रमुख ब्याजदरमा २५ प्रतिशत अङ्कले कटौती गर्ने निर्णय गरेको छ ।

    images
    images

    ब्याजदर कटौतीपछि निक्षेप सुविधा, मुख्य पुनर्कर्जा सञ्चालन र सीमान्त कर्जा सुविधाको ब्याजदर घटाएर क्रमशः २.७५ प्रतिशत, २.९ प्रतिशत र ३.१५ प्रतिशतमा झार्ने इसिबीले जनाएको छ ।

    मुद्रास्फीतिको दृष्टिकोणको अद्यावधिक मूल्याङ्कन, अन्तर्निहित मुद्रास्फीतिको गतिशीलता र मौद्रिक नीति प्रसारणको शक्तिमा आधारित रहेर ब्याजदर घटाउने निर्णय भएको हो ।

    images
    images

    मुद्रास्फितिलाई दिगो रूपमा मध्यम स्तर अर्थात् २ प्रतिशतमा ल्याई आफ्नो जिम्मेवारीलाई पछ्याउन कटिबद्ध रहेको दोहोर्‍याउँदै इसिबीले आफ्नो भविष्यको मौद्रिक नीतिहरू निर्धारण गर्न आफ्नो तथ्याङ्क र बैठकको समीक्षा र दृष्टिकोणमा अडिग रहने कुरामा जोड दिएको छ ।

    “यूरोपेली अर्थतन्त्रले अझै पनि सङ्कटको सामना गरिरहेको छ तर बढ्दो वास्तविक आय र प्रतिबन्धात्मक मौद्रिक नीतिको क्रमशः लोप हुँदै गएको प्रभावले समयको साथ माग वृद्धिलाई सहयोग गर्नेछ,” विज्ञप्तिमा भनिएको छ।

    युरो क्षेत्रमा मुद्रास्फितिको चिन्ता कम हुँदै गएपछि केन्द्रीय बैङ्कले मौद्रिक नीतिलाई खुकुलो बनाउने अपेक्षा बजार अवलोकनकर्ताले गरेका छन् । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend