images

२०८३ आश्विन १६ गते

images
images
images

चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो

images
images
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • काठमाडौं ।चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि मंसिर महिनासम्मको अवधिमा सो बराबरको रेमिट्यान्स आर्जन भएको हो। यस वर्ष रेमिट्यान्सको वृद्धि अघिल्लो वर्षको तुलनामा ४.४ प्रतिशतले बढेको भए पनि अघिल्लो वर्षको वृद्धि दर २४.२ प्रतिशत थियो।

    images
    images

    यसमध्ये अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यस अवधिमा ६ खर्ब ६९ अर्ब ७७ करोड थियो।

    साउन महिनामा १ खर्ब ३६ अर्ब, भदौंमा १ खर्ब २६ अर्ब, असोजमा १ खर्ब ४४ अर्ब, कात्तिकमा १ खर्ब १४ अर्ब र मंसिर महिनामा १ खर्ब १८ अर्ब रुपैयाँको रेमिट्यान्स आएको जानकारी दिइएको छ।

    images
    images

    यो पाँच महिनामा तीन अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्सको रूपमा बाहिरिएको छ। पाँच महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १८ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको यही अवधिमा दुई लाख ७४ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको सङ्ख्या तीन लाख २५ हजार बढी छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend