images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • बाँझो जमिनमा खेती गरी आत्मनिर्भर बन्दै...

बाँझो जमिनमा खेती गरी आत्मनिर्भर बन्दै महिला

बाँझो जमिनमा खेती गरी आत्मनिर्भर बन्दै महिला

images
images
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • तनहुँ । राइनास नगरपालिका–६ धमिलीकुवाका महिला सामूहिक खेतीमा रमाउन थालेका छन् । त्यहाँस्थित मार्गदर्शन महिला बहुउद्धेश्यीय सहकारी संस्थाले महिलाको आयआर्जन बढाउन सामूहिक खेतीमा प्रोत्साहन गरेपछि उनीहरूको दिनचर्या परिवर्तन भएको हो ।

    images
    images

    डोजर लगाई जग्गालाई सम्माएर सामूहिक व्यावसायिक रूपमा खेती गर्दा खेर गएको समय र बाँझो जमिनको सदुपयोग भएको छ । फुर्सद भएर मोबाइल लिएर सामाजिक सञ्जालमा भुलेर समय काट्ने महिलाले यतिखेर आम्दानी लिन थालेका छन् । सहकारीले बाँझो जग्गामा बन्धकी लिएर सामूहिक खेती गरी आय वृद्धि गराएको हो । पाखो बारीमात्रै नभई गैरी खेत समेत बाँझो राखेर विदेश गएका युवालाई गाउँमै भुलाउने, ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा अग्रसर बनाउने उद्धेश्यले बाँझो जमिनमा सामूहिक खेती सुरु गरेर सहकारीले नमुना काम गरेको छ । जग्गालाई समथर बनाएर सामूहिक खेती गर्दा लागत मूल्य कम लाग्ने र जनशक्तिको अभाव नहुने भएकोले सामूहिक खेती गरिएको सहकारीले जनाएको छ ।

    बाँझो जमिनमा खेती गर्ने अभियान स्वरूप गत वर्ष देखि स्थानीय आठ जना व्यक्तिको वषौं देखि बाँझो रहेको ५० रोपनी जमिन बन्धकी लिएर सामूहिक खेती गरिएको राइनास नगरपालिका-६ को वडा सदस्य तथा सहकारीकी सचिव सोचना लौडारीले जानकारी दिनुभयो । २२ जना महिला सामूहिक खेतीमा आबद्ध हुनु भएको छ । दस रोपनीमा तरकारी, हलेदो, धान, तोरी, फूल खेती गरिएको छ भने ४० रोपनीमा व्यावसायिक घाँस खेती गरेर गाईपालन गरिएको उहाँले जानकारी दिनुभयो । 

    images
    images

    लौडारीले भन्नुभयो, "सामूहिक खेतीमा आबद्ध महिलालाई अन्न आयात गर्नु परेको छैन भने, दूध बेचेर आयआर्जन हुन थालेपछि टिकटक र फसबुक चलाएर समय खेर फालेका छैनन् ।" झाडी भएको जमिनलाई फाड्ने, डोजर लगाएर सम्माएर सामूहिक खेती गरिएको सहकारीले जनाएको छ ।सामूहिक खेतीका लागि राइनास नगरपालिकाले तीन लाख ४६ हजार बिउ पुँजी दिएको व्यवस्थापक सीता बसौलाले बताउनुभयो । बसौलाका अनुसार महिला सशक्तीकरण अन्तर्गत आयआर्जन वृद्धि गर्न नगरपालिकाको आठ र सहकारीको आठ लाख गरी १६ लाख रुपियाँ गाईपालन र तालिमको लागि खर्च गरिएको छ । 

    महिलालाई आयआर्जनमा टेवा पुर्‍याउँदै निर्वाहमुखी भन्दा पनि व्यावसायिक कृषि सङ्लग्न गराई आर्थिक रूपमा आत्मनिर्भर बनाउने काम गरेकोले महिला सशक्तीकरण तथा बिउ पूजीका लागि सहयोग गरिएको राईनास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गोविन्द चिलुवालले जानकारी दिनुभयो । बाँझो जमिन नराख्नका लागि पालिकाले आव्हान गरेपछि बजारीकरण पनि गरिन्छ भने पछि मार्गदशनले आवेदन दिएर अभियान सुरु गरेको वडाध्यक्ष चिलुवालले बताउनुभयो । 

    चिलुवालले भन्नुभयो, "उहाँको आवेदन स्विकृत गरौं, नमुना काम भएको छ हौंसला प्रदान गर्न पालिकाको तर्फबाट सहयोग प्रदान गरिरहेका छौं ।" घाँस खेती गरेपछि गाई पालन व्यवसाय फष्टाएकोले स्थानीयले मासिक १५ हजार देखि ५० हजार रुपियाँ सम्म बचत गर्न थालेको धमिलीकुवा दुग्ध सहकारी सस्था लिमिटेका अध्यक्ष जनकराज भट्टले बताउनुभयो ।चम्पावती किसान समुहका अध्यक्ष खगराज नखोलाले यस सहकारीले धन कमाउन विदेश जानु पर्दैन यही माटोमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण दिएको बताउनुभयो । नखोलाले भन्नुभयो, "महिलाले सामूहिक खेती गरेर राम्रो आयआर्जन गरेका छन् गरे के हुँदैन भन्ने सन्देश प्रवाह भएको छ ।" 

    कार्य मूल्याङ्कन गर्ने क्रममा आय आर्जनमा वृद्धि हुने कार्य गरेकोले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गत फागुन २५ गते लमजुङ जिल्लाको मध्ये उत्कृष्ट सहकारीको रूपमा पुरस्कृत भएर ७५ हजार नगद प्राप्त गर्दा खुसी लागेको सहकारीको अध्यक्ष मिरा मिश्र कँडेलले बताउनुभयो । सहकारीमा तीन सय ४० जना महिला आबद्ध रहेको सबैलाई सामूहिक रूपमा बाँझो जमिनमा खेती खेती गर्ने अभियान विस्तार गर्दै लैजाने सोच भएको उहाँले बताउनुभयो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend