images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५...

समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिने सूचना जारी

समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिने सूचना जारी

images
images
बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • काठमाडौं । समस्याग्रस्त घोषित तीन सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न ३५ दिने सूचना जारी भएको छ।बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ललितपुरको सुमेरु र काठमाडौँका लालीगुराँस तथा नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई ऋण चुक्ता गर्न समय दिएको हो।

    images
    images

    तीन वटै समितिलाई बागमती प्रदेश सरकारले गत पुस २८ गते समस्याग्रस्त घोषणा गरेको थियो । समितिले तीनवटै सहकारी संस्थाबाट लिएको ऋण रकमको सावाँ र ब्याज मंगलबारको मितिले ३५ दिनभित्र समिति समक्ष बुझाउन भनेको छ। तोकिएको समयभित्र दायित्व राफसाफ नगर्नेलाई कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने र कालो सूचीमा राखी कारबाही गर्ने चेतावनी पनि समितिले दिएको छ । 

    साथै, समितिले तीनवटै सहकारीका सञ्चालक र कर्मचारीलाई सम्वन्धित सम्पूर्ण कागजात र सम्पत्ति समितिको कार्यालयमा बुझाउन र कुनै कारोबार नगर्न निर्देशन दिएको छ।

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend