images

२०८३ आश्विन २० गते

images
images
images

अर्थ मन्त्रालय आन्तरिक हवाई उडानको दुर्घटना रकम बढाउन सहमत, एक करोड क्षतिपूर्ति पाउन सहज

अर्थ मन्त्रालय आन्तरिक हवाई उडानको दुर्घटना रकम बढाउन सहमत, एक करोड क्षतिपूर्ति पाउन सहज

images
images
बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • काठमाडौं । आन्तरिक हवाई उडानको दुर्घटना पश्चात पाउने क्षतिपूर्ति बढाउन अर्थ मन्त्रालयले सहमति दिएको छ । अर्थको सहमतिपछि अब आन्तरिक हवाई उडानका वायुसेवा दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यले एक करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउन सहज हुने भएको छ ।

    images
    images

    यो व्यवस्थाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार परेको ‘हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक’ माथि अर्थ मन्त्रालयले सहमति दिएको छ ।पर्यटन मन्त्रालयका अधिकृत सूवर्ण भट्टराईकाअनुसार अर्थले राय दिएर उक्त विधेयकलाई पर्यटन मन्त्रालय पठाएको छ । अब कानून मन्त्रालयको रायपछि मन्त्रिपरिषद् पठाइने छ । मन्त्रिपरिषदको स्वीकृतिपछि संसदमा जाने छ । संसदले अनुमोदन गरेपछि व्यवहारिक रुपमा यो विधेयक कानून बनेर आउने र कार्यान्वयनमा जान्छ ।

    यसअघि नै विधेयकको प्रारम्भिक मस्यौदा तयार पारेर पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा दर्ता गराएको थियो । मन्त्रिपरिषदले उक्त विधेयकको मस्यौदालाई स्वीकृत गरेर विधेयक बनाउन दिएको अनुमितलाई पर्यटन मन्त्रालयले गति दिएको हो ।यो विधेयक स्वीकृत भएर आएपछि आन्तरिक उडानमा ज्यान गुमाउने यात्रुले हाल पाउँदै आएको बिमा रकम ५ गुणाले बढ्ने छ। हाल आन्तरिक उडानका जहाज दुर्घटना भएर ज्यान गुमाउने यात्रुले २० हजार डलर पाउँछन् भने मन्त्रायले तयारी गरेको उक्त विधेयक स्वीकृत भएर आएपछि १ लाख डलर अर्थात अहिलेकै डलर सटहीको दरअनुसार पनि १ करोड ३० लाख रुपैयाँभन्दा बढी रकम सम्बन्धित यात्रुका परिवारले पाउँछन् ।

    images
    images

    सरकारले आन्तरिक हवाई दुर्घटनामा यात्रुले पाउने क्षतिपूर्ति बढाउनकै लागि यो विधेयक बनाएको हो । हाल अन्तर्राष्ट्रिय उडानमा यस्तो बिमा रकम १ लाख ६० हजार डलर छ । सोही अनुसार बनाउन नसकिए पनि १ लाख डलर बनाउन गरी कानूनी प्रक्रिया अगाडि बढाएको पर्यटन मन्त्रालयको भनाइ छ ।‘हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक’मा प्रस्ताव गरिएको व्यवस्था अनुसार आन्तरिक हवाई उडानमा समेत अब मन्ट्रियल महासन्धी १९९९ का प्रावधान लागू गर्न खोजिएको हो । यो महासन्धिले हवाई दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको निकटको परिवारले १ लाख डलर क्षर्तिपूर्ति पाउँछन् । यो क्षतिपूर्ति हाल अन्तर्राष्ट्रिय उडानका वायुसेवाको हकमा मात्रै लागू छ ।

    नेपालले सन् २०१८ को अक्टोर १६ मा महासन्धिलाई अनुमोदन गरेर सोही वर्षको डिसेम्बर १५ बाट लागू गरेको हो । यही महासन्धि अनुसार ऐन बनाएर आन्तरिक उडानमा पनि यात्रुले पाउने बिमा दाबी, ब्यागेजको क्षतिपूर्ति, जहाज डिले हुँदा पनि क्षतिपूर्ति दाबी गर्न सक्ने व्यवस्था गर्न खोजिएको पर्यटन मन्त्रालयको भनाइ छ । बिमा रकम बढाउँदा प्रिमियम पनि बढ्ने भएकोले कम्पनीहरुलाई मार नपर्ने गरी १ लाख डलरमात्रै प्रस्ताव गर्न खोजिएको पनि मन्त्रालयको भनाइ छ ।

    यसअघि सौर्य एयरको हवाई जहाज दुर्घटना हुँदा बीमा रकमसँगै क्षतिपूर्तिसमेत बढाउनुपर्ने विषयमा विवाद भएको थियो । सरकारले यसअघि नै यो विधेयक नल्याउँदा नेपाली हवाई दुर्घटनामा परेका परिवारका सदस्यले पाउने क्षतिपूर्ति कम भएको गुनासो बढ्दै आएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend