images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • बाक्लो हुस्सुले तराई क्षेत्रमा हवाई उडान...

बाक्लो हुस्सुले तराई क्षेत्रमा हवाई उडान प्रभावित, सवारीसाधन गुडाउनसमेत कठिनाइ

बाक्लो हुस्सुले तराई क्षेत्रमा हवाई उडान प्रभावित, सवारीसाधन गुडाउनसमेत कठिनाइ

images
images
बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • काठमाडौं ।  एक हप्तादेखि तराई मधेस क्षेत्रमा बढेको चिसोले गर्दा दैनिक कामकाज गर्न असहज भएको छ । त्यसमा पनि हुस्सुले झन् बाटो नदेखिने समस्या उत्पन्न हुँदा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएको हो । बाक्लो हुस्सुले गर्दा १०/१५ मिटर भन्दा टाढा केही देखिँदैन । सडक, बजार सुनसान बनेको छ ।

    images
    images

    हुस्सुले सबैभन्दा बढी समस्या विमानस्थलमा यात्रुहरूले खेप्नु परेको छ । जनकपुरधाम विमानस्थलमा भिजिबिलिटी कम हुनाले न त विमान अवतरण नै गर्न सकेको छ न त उड्न नै । दैनिक ८ वटासम्म हुने उडान, एक हप्ता देखिको बाक्लो हुस्सुले ४ वटामा झरेको छ । त्यसमा पनि कति बजे उडान हुन्छ भन्ने निश्चित नै हुँदैन । 

    विमान उड्ने आशामा बिहान देखि नै यात्रुहरू घण्टौँ कुर्न बाध्य भएका छन् । चार देखि ६ घण्टासम्म कुर्नु परेको महोत्तरीको बर्दिबासबाट काठमाडौं जान विमानस्थलमा पर्खिरहेका हरिप्रसाद बक्तेलले बताए ।  

    images
    images

    विमान उड्न १ हजार मिटर भिजिबिलिटी र अवतरणका लागि १ हजार ७ सय मिटर भिजिबिलिटी आवश्यक हुन्छ । तर एक हप्तादेखिको बाक्लो हुस्सुले बिहानको समयमा भिजिबिलिटी ५ सय मिटर पनि नहुने गरेको बताउँछन् जनकपुर विमानस्थलका सूचना अधिकारी गणेश कुमार यादवले जानकारी दिएका छन् । दिउँसो २ बजे पछि मात्र भिजिबिलिटी सुधार हुने गरेकोले त्यसबखत उडान हुने गरेको उनले जानकारी दिए । अहिले दैनिक ४० प्रतिशत उडान कम भएको उनले बताए । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend