images

२०८३ आश्विन १६ गते

images
images
images

इम्पेयरमेन्ट चार्ज बढेपछि इन्फिनिटी लघुवित्त नोक्सानीमा

इम्पेयरमेन्ट चार्ज बढेपछि इन्फिनिटी लघुवित्त नोक्सानीमा

images
images
बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

    images
    images

    विवरण अनुसार लघुवित्त दोस्रो त्रैमासमा नोक्सानीमा देखिएको  छ । लघुवित्तको सञ्चालन आम्दानी नकारात्मक हुँदा र लघुवित्तको इम्पेरिमेन्ट चार्जमा वृद्धि हुँदा लघुवित्त नोक्सानीमा गएको हो ।

    नोक्सानी कति ?  

    images
    images

    चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्त ९ करोड ४६ लाख रुपैयाँले नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले एक करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    ब्याज आम्दानी

    समीक्षा अवधिसम्ममा लघुवित्तको ब्याज आम्दानी १२ करोड ९० लाख रुपैयाँ छ । यो गतवर्षको यसै अवधिमा १० करोड ८९ लाख रुपैयाँ थियो ।

    सञ्चालन मुनाफा ऋणात्मक

    समीक्षा अवधिसम्म लघुवित्तको  सञ्चालन मुनाफा ९ करोड ४६ लाख रुपैयाँले ऋणात्मक छ ।

    बढ्यो इम्पेरिमेन्ट चार्ज 

    यो अवधिमा  लघुवित्तको इम्पेरिमेन्ट चार्ज ७१ लाख ५७ हजार रुपैयाँले बढेर १२ करोड १ लाख रुपैयाँ छ ।

    वित्तरण योग्य मुनाफा/खराब कर्जा

    यो अवधिमा  लघुवित्तको वित्तरण योग्य मुनाफा समेत ऋणात्मक रहेको छ । लघुवित्तको निष्कृय कर्जा अनुपात बढेको छ । लघुवित्तको खराब कर्जा अनुपात ९.८५ प्रतिशत छ ।

    प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

    यसअवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ५० पैसाले नोक्सानीमा छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ६१ पैसा कायम छ ।

    चुक्ता पूँजी/जगेडा कोष

    चुक्ता पूँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १९ करोड ५८ रुपैयाँ सञ्चित रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend