images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • ज्योति विकास बैंकका ग्राहकलाई Sigma Diagnostic...

ज्योति विकास बैंकका ग्राहकलाई Sigma Diagnostic Laboratory मा विशेष छुट

ज्योति विकास बैंकका ग्राहकलाई Sigma Diagnostic Laboratory मा विशेष छुट

images
images
बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले भक्तपुर राधेराधेस्थित Sigma Diagnostic Laboratory मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्,ज्योति विकास बैंकका ग्राहकहरूले उक्त डायग्नोस्टिक प्रयोगशालामा ४०५ सम्म छुट प्राप्त गर्न सक्नेछन्। 

    images
    images

    ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। हालै बैंकले धुलिखेलस्थित प्रचलित रिसोर्टहरु Dusit Thani Himalayan Resort मा १५ प्रतिशत र  र Himalaya Drishya Resort मा १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। 

    संस्थागत सुशासनलाई मध्यनजर गर्दै समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन सहज बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।  

    images
    images

    आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ५१ वटा न्यानो नानी मार्फत हरेक वर्ष  १८८७ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। 

    यस्ता जिवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ।  ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय,३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend