images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • एकल आमाले हुर्काएका सन्तानले आमाको मात्रै...

एकल आमाले हुर्काएका सन्तानले आमाको मात्रै नामबाट नागरिकता लिन पाउने

एकल आमाले हुर्काएका सन्तानले आमाको मात्रै नामबाट नागरिकता लिन पाउने

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं । एकल आमाले हुर्काएका सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन सहज हुने गरी नागरिकतासम्बन्धी विधेयक सरकारले प्रतिनिधि सभामा दर्ता गरेको छ।

    images
    images

    मंगलबार गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभामा दर्ता गराएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकले आमाको नामबाट नागरिकता लिन केही हदसम्म सजिलो बाटो खोलिदिएको हो।

    यद्यपि नागरिकता लिने व्यक्तिले बुवाको पहिचान नखुलेको स्वघोषणा भने गर्नुपर्नेछ।विधेयकमा कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा बाबुको नाम उल्लेख भएता पनि अहिले  सम्पर्कमा छैनन् भने त्यस्ता सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन पाउनेछन्।

    images
    images

    यसअघि नागरिकतासम्बन्धी ऐनमा यस्तो व्यवस्था थिएन। जसका कारण एकल आमाले हुर्काएका सन्तान नागरिकता लिनबाट बञ्चित भएका थिए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend