images

२०८३ आश्विन १८ गते

images
images
images

विद्युत् उत्पादकको शुल्क निर्धारण

विद्युत् उत्पादकको शुल्क निर्धारण

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • सुलीकोट । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आन्तरिक स्रोत बढाउन विद्युत् उत्पादन गर्ने कम्पनीलाई शुल्क निर्धारण गरेको छ । गत शनिबार पालिकाको गाउँसभाको १६ औं अधिवेशनमा २५० किलोवाटसम्मको २ लाख, ५ सय किलोवाटसम्मको ३ लाख, ७ सय ५० किलोवाटसम्मको ४ लाख र १ मेघावाटसम्मको ५ लाख दररेट निर्धारण गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिनुभयो । 

    images
    images

    उहाँका अनुसार विद्युत् अनुमति पत्र निर्देशिका २०७५ बमोजिम १ मेघावासम्मको विद्युत् उत्पादनको अनुमति दिने अधिकार स्थानीय तहलाई भएकाले गाउँसभाबाट निर्णय गरिएको उहाँले बताउनुभयो ।बारपाक सुलीकोट गाउँपालिका विद्युत् उत्पादन गर्ने सम्भावना भएको पालिकामध्ये गोरखाको एउटा पालिका भएकाले पनि गाउँपालिकाका उपाध्यक्ष सनमाया गुरुङले अधिवेशनमा आर्थिक ऐनको संशोधनमा जलविद्युत् उत्पादन सर्वेक्षण अनुमति शुल्कको प्रस्ताव पेश गर्नुभएको गाउँपालिकाले जनाएको छ। 

    उक्त प्रस्तावलाई वडा नम्बर ६ का वडा अध्यक्ष बाबुलाल गुरुङले समर्थन जनाउनुभएको थियो । अधिवेशनबाट पारित गरेसँगै कार्यविधि बनाएर अघि बढ्ने गाउँपालिकाको तयारी छ । गाउँपालिकाले पालिकाभित्र विद्युत् उत्पादन गर्ने जुनसुकै कम्पनीले पनि पालिकासँग अनुमति लिएर एकमुष्ट रुपमा पालिकाले तोकिएको शुल्क लिने प्रमुख प्रशासकीय अधिकृत आलेको भनाइ छ । 

    images
    images

    "अब छिटै नै कार्यविधि बनेपछि पालिकाभित्र सञ्चालन रहेका जलविद्युत् पनि करको दायरामा आउँछ", प्रमुख प्रशासकीय अधिकृत आलेले भन्नुभयो, “गाउँपालिकाभित्रका खोलानालाबाट विद्युत् उत्पादन गर्दा तिर्नुपर्ने करलाई व्यवस्थित गरिएको छ ।"अब बन्ने कार्यविधिले पालिकाभित्रका विद्युत् उत्पादन गर्ने कम्पनीलाई नियमनमा सहज हुनुका साथै जलविद्युत् उत्पादन सर्वेक्षण अनुमति पत्र अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरी पालिकाको १६ औं अधिवेशनमा १ मेघावाटसम्मको जलविद्युत् उत्पादन सर्वेक्षण अनुमति शुल्क प्रस्ताव गरी पारित गरेको गाउँपालिकाले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend