images

२०८३ आश्विन २१ गते

images
images
images
  • कृषि
  • विर्तामोड नगरपालिकाले तोक्यो तरकारीको न्यूनतम समर्थन...

विर्तामोड नगरपालिकाले तोक्यो तरकारीको न्यूनतम समर्थन मूल्य

विर्तामोड नगरपालिकाले तोक्यो तरकारीको न्यूनतम समर्थन मूल्य

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौँ । विर्तामोड नगरपालिकाले स्थानीय क्षेत्रमा उत्पादित १६ प्रकारका तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरेको छ । नगरपालिका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाका अनुसार यसलाई कार्यान्वयन गराउन तीन दिनअघि कार्यपालिकाको बैठकले न्यूनतम समर्थन मूल्य अनुदान भुक्तानी कार्यविधि २०८१ समेत पारित गरेको छ । 

    images
    images

    नगर क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बिक्रीलाई सहज बनाउने उद्देश्यले समर्थन मूल्य कायम गरिएको उहाँले बताउनुभयो । पालिकाले काउलीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु २६, बन्दागोवी रु २४, ब्रोकाउली रु ३५, खुर्सानी रु ५४, घिरौँला रु २६, करेला रु ३२, भन्टा रु २६, सिमी रु ४६, काँक्रा रु २५, भिन्डी रु ३६, फर्सी रु ३१, स्क्वास फर्सी रु २५, भेँडे खुर्सानी रु ५१, बोडी रु ३०, लौका रु २७ र टमाटरको रु ३० कामय गरेको उहाँले जानकारी दिनुभयो ।  

    उहाँले बजारमूल्य भन्दा थोरै सस्तो मूल्यमा यहाँ उत्पादित तरकारी बिक्री गरिने बताउनुभयो । कहिलेकाहीँ बजारमा तरकारीको मूल्यमा उतारचढाव हुँदा किसानलाई मर्का नपरोस् भन्ने उद्देश्यले अनुदान भुक्तानी कार्यविधि नै पारित गरेको उहाँले बताउनुभयो । “किसानलाई मर्का नपरोस् भन्ने हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो, “तोकिएको मूल्यभन्दा कम मूल्यमा यी तरकारी बिक्री भएमा सो मूल्य बराबर किसानले पाउनेगरी अनुदानबाट उपलब्ध गराउँछौँ, यसो हुँदा किसानलाई घाटा हुँदैन ।” यसै वर्षबाट तरकारी बिक्रीमा अनुदान दिनका लागि पालिकाले रु १० लाख बजेट छुट्याएको छ । 

    images
    images

    नगरपालिकाले किसानलाई तरकारीखेतीमा प्रोत्साहन गर्नका लागि एक सय १७ किसान समूह नै बनाएको छ । त्यसमध्ये एउटा मूल कृषक समूह छ । समूहमा उत्पादन गरेको तरकारीलाई बिक्री केन्द्रमार्फत बिक्री गरिँदै आएको उपप्रमुख सङ्ग्रौलाले बताउनुभयो । हाल विर्तामोडका छ वडामा तरकारी बिक्री केन्द्र राखिएको छ ।

    उहाँले विर्तामोडमा उत्पादित तरकारीलगायत भण्डार गर्नका लागि विर्तामोड–७ को वडा कार्यालय नजिकै रु ९० लाखभन्दा बढीको लागतमा ७० टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको बताउनुभयो । चिस्यान केन्द्र सञ्चालनमा आएपछि यहाँका किसानलाई ठूलो राहत पुग्ने उहाँको भनाइ छ ।रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend