images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • सन नेपाल लाइफले गर्‍यो सम्पत्ती शुद्धीकरण...

सन नेपाल लाइफले गर्‍यो सम्पत्ती शुद्धीकरण निवारण अभिमुखिकरण कार्यक्रम

सन नेपाल लाइफले गर्‍यो सम्पत्ती शुद्धीकरण निवारण अभिमुखिकरण कार्यक्रम

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

    images
    images

    कम्पनीले ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ती शुद्धिकरण निवारणमा प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात गर्दै आयोजित कार्यक्रममार्फत सम्पत्ती शुद्धिकरणले अर्थतन्त्र र बीमा क्षेत्रमा पार्ने प्रभाव र त्यसलाई न्यूनीकरण गर्न आवश्यक उपायहरूको जानकारी गराएको छ ।कार्यक्रममा कम्पनीका कार्यान्वयन अधिकृत रन्जु लम्सालले प्रस्तुति दिनुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले यसको महत्व, आवश्यकता र न्यूनीकरणको विषयमा प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापनसहितका कर्मचारीको प्रत्यक्ष सहभागिता रहेको थियो भने दोस्रो चरणमा प्रदेशका शाखा तथा उपशाखा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई भर्चुअल माध्यमबाट सहभागी गराइएको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend