images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • लक्ष्मी सन्‌राईज बैंकको अगुवाईमा बैंकहरु र...

लक्ष्मी सन्‌राईज बैंकको अगुवाईमा बैंकहरु र रेमिट हाइड्रोबीच सम्झौता

लक्ष्मी सन्‌राईज बैंकको अगुवाईमा बैंकहरु र रेमिट हाइड्रोबीच सम्झौता

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौं ।  लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंक र रेमिट हाइड्रो लिमिटेडबीच कम्पनीले ताप्लेजुङ्ग जिल्लास्थित घुन्सा नदीमा निर्माण गर्ने ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

    images
    images

    आयोजनाको कूल लागत १८ अर्ब १३ करोड छ । सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।घुन्सा खोला जलविद्युत् आयोजनाले २०७९ साउन ८ गते विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमतिपत्र लिनुका साथै २०८१ वैशाख २१ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । कम्पनीको मुख्य प्रवद्र्धकको रूपमा नेपाल विद्युत् प्राधिकरण, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र विद्युत् उत्पादन कम्पनी लिमिटेडको संयुक्त लगानी ५१ प्रतिशत हुनेछ ।

    परियोजना निर्माणका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम कम्पनीका संस्थापक तथा साधारण प्रवद्र्धकहरूबाट लगानी रहनेछ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ५ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरूमध्ये हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ३ अर्ब, नागरिक लगानी कोषको २ अर्ब, माछापुच्छ्रे बैंकको १ अर्ब ४४ करोड र एभरेष्ट बैंकको १ अर्ब २५ करोड समेत गरी जम्मा १२ अर्ब ६९ करोड ४० लाख रहेको छ ।

    images
    images

    आयोजना २०३० डिसेम्बरभित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात वार्षिक करीब ४६२.२८ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा नेपाल सरकारको जनताको जलविद्युत् कार्यक्रमः नेपालको पानी जनताको लगानी जलविद्युत् आयोजनामा थप टेवा पुग्ने विश्वास लिइएको छ ।२०८० असार २९ गतेबाट लक्ष्मी बैंक (स्थापनाः ई.स. २००२) र सनराइज बैंक (स्थापनाः ई.स. २००७) एकआपसमा मर्ज भई लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट ‘क’ वर्गको वाणिज्य बैंकको रूपमा स्थापित भई आफ्ना ग्राहकलाई गुणस्तरीय तथा भरपर्दो सेवासुविधा प्रदान गर्दै आइरहेको छ ।

    लक्ष्मी सनराइज बैंकका २५४ वटा शाखा कार्यालय, ३२७ वटा एटीएम मशिन, २७ वटा विस्तारित काउन्टर, १२८ वटा शाखारहित बैंकिङ सेवा, ५००० विप्रेषण एजेन्ट लगायत सूचना प्रविधिको क्षेत्रमा समर्पित भई आफ्ना ग्राहकलाई विस्तृत तथा निरन्तर रूपमा सेवासुविधा प्रदान गरिरहेको छ । बैंकको गत आर्थिक वर्ष २०८०/८१ मा कूल वासलात ३९५ अर्ब रहेकोमा ३३३ अर्ब निक्षेप तथा २५८ अर्ब कर्जा लगानी रहनुका साथै बैंकको सम्पूर्ण वित्तीय सूचकहरू सकारात्मक छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend