images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको...

विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उद्योग समितिबाट पारित

विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उद्योग समितिबाट पारित

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई सर्वसहमतिले पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले उक्त विधेयकलाई सर्वसहमतिले पारित गरेको हो । समितिले लामो समय विधेयकका विषयमा छलफल गरी समितिले बनाएको अन्तिम ड्राफ्टको विषयमा उद्योग, कानुन र सञ्चार मन्त्रालयसँगको छलफलपछि विधेयक समितिबाट पारित भएको हो । विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभा हुँदै छलफलका लागि समितिमा आएको थियो । 

    images
    images

    समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले सबैको सर्वसहमतिले विधेयक पास भएको घोषणा गरे । उनले समितिबाट पारित भएको विधेयक संसदमा पेस गरिने बताए । उनले समितिबाट विधेयक पास भएपनि संसदमा पेस गर्ने जिम्मेवारी बाँकी रहेको बताए । समिति बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० महत्त्वपूर्ण रहेको भन्दै नयाँ विधेयक बन्नु खुसीको विषय भएको बताए । उनले नयाँ ऐन समिति र संसदबाट पारित गराउनु भनेको समिति र सरकारको पुँजी भएको बताए । उनले विगतमा धेरै ऐनहरू बनाउँदा समय सापेक्ष भए/नभएको समीक्षाका आधारमा नयाँ कानुन बनाउन आवश्यक रहेको बताए । उनले सरकारले ऐन कानुनहरू बनाउँदा सरलीकृत बनाउने प्रयास स्वरुप धेरै ऐनहरू संशोधन गरिरहेको उल्लेख गरे ।  

    विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० विधेयकले मध्यस्तकर्ता, उत्पादक र विक्रेतालाई व्यवसायीको रुपमा लिएको छ । विधेयकले अरुको उत्पादनलाई अनलाइन माध्ययमबाट व्यापार गर्ने व्यवस्था गरेको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend