images

२०८३ आश्विन २० गते

images
images
images

ईपीएसमार्फत कोरिया जाने श्रमिकको हवाई टिकट घट्यो,७३ हजार जोगियो

ईपीएसमार्फत कोरिया जाने श्रमिकको हवाई टिकट घट्यो,७३ हजार जोगियो

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने श्रमिकको हवाई भाडा घटेसँगै प्रतिश्रमिक ७३ हजार रुपैयाँ जोगिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले ईपीएस मार्फत कोरिया जाने कामदारको हवाई भाडा घटेसँगै प्रति कामदार ७३ हजार रुपैयाँ सस्तो भएको बताए ।

    images
    images

    विगतमा प्रति कामदारले एक लाख २१ हजार रुपैयाँ तिर्दै आएका थिए । तर, अहिले ट्रान्जिटमार्फत जान पाउने व्यवस्था गरेसँगै हवाई टिकट सस्तो भएको उनको भनाइ छ । यसअघि सिधा उडानमार्फत मात्रै नेपाली कामदार कोरिया जानुपर्ने बाध्यता थियो । कोरिया सरकारलाई सहमत गराएर ट्रान्जिटमार्फत जान पाउने व्यवस्था मिलाइएको महानिर्देशक खत्रीले बताए ।

    कोरिया सरकारलाई सहमत गराएसँगै हाल प्रतिकामदार ४८ हजार ८६५ रुपैयाँमा टिकट पाउने व्यवस्था गराइएको उनको भनाइ छ । विभागले एचआरडी कोरियासँग कामदारले सकेसम्म आफैँ टिकट लिन पाउने व्यवस्था गर्न अनुरोध गरेको थियो । जसले गर्दा कामदारलाई टिकटक थप सस्तो हुने थियो । तर, कोरियाले समूहमा नै ल्याएर त्यही अनुसार काममा पठाउन सजिलो हुने बताएपछि ट्रान्जिट उडानका लागि टेन्डर आह्वान गरिएको उनको भनाइ छ । माघ ३ गतेदेखि कामदारहरूले उक्त मूल्यमा टिकट पाउन थालेका हुन् ।

    images
    images

    कोरोना महामारीका बेला कोरियाले विदेशी कामदार ल्याउन रोक लगाएको थियो । त्यसपछि कोरोना महामारीको अन्त्य भएपछि पनि कोरियाले कोडिभको कारण देखाउँदै कामदार लैजान मानेको थिएन । पछि सिधा उडान मार्फत मात्रै कामदार लैजाने र निश्चित समय क्वारेनटाइनमा बस्नुपर्ने सर्त राखेको थियो । सोही सर्तका आधार कोरियन एयरलाइन्समार्फत नेपाली कामदारहरू महँगोमा टिकट काटेर जान बाध्य थिए ।टिकट सस्तो भएसँगै एक वर्षमा एक अर्बभन्दा बढी रकम जोगिने उनको भनाइ छ । वर्षमा करिब १५ हजारको हाराहारीमा कामदार कोरिया जाने गरेका छन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend