images

२०८३ आश्विन २१ गते

images
images
images

कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो

कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं । कोइलाबास भन्सार कार्यालयमा राजस्व संकलन घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ७१ लाख मात्र राजस्व संकलन गरेको छ ।

    images
    images

    नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ । ‘भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत गर्नेको सङ्ख्या घट्दै गएको छ’, कार्यालयका निमित्त प्रमुख वसन्त रजौरेले भने । 

    यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्स जस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको गुनासो रहेको छ ।गत साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो । यसमा नौ लाख राजस्व उठेको थियो । यो लक्ष्यको ७६ प्रतिशत हो । लक्ष्य भन्दा दुई लाख ७६ हजार कम राजस्व संकलन भएको छ ।

    images
    images

    भदौमा १३ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यसमा ६ लाख राजस्व संकलन भएको छ । लक्ष्यभन्दा सात लाख कम राजस्व संकलन भएको छ । असोजमा १३ लाख २६ हजार संकलन गर्ने लक्ष्य लिएकामा सात लाख संकलन भएको छ । यो लक्ष्यभन्दा ६ लाख कम हो ।

    कात्तिकमा १२ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा नौ लाख संकलन भएको छ । यो ७०.९० प्रतिशत हो । तर, पनि लक्ष्यभन्दा तीन लाख कम राजस्व संकलन भएको छ । मंसिरमा १३ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा नौ लाख संकलन भएको छ । यो ६५.१४ प्रतिशत हो । लक्ष्यभन्दा चार लाख ७६ कम राजस्व संकलन भएको छ ।  पुसमा १३ लाखको लक्ष्य लिएकामा ३० लाख संकलन गरिएको छ । यो लक्ष्यको दुई सय २९ दशमलव ९२ प्रतिशत बढी हो । लक्ष्यभन्दा १७ लाख बढी राजस्व संकलन भएको निमित्त प्रमुख रजौरे बताउँछन् । भन्सार कार्यालयले चालु आवमा एक करोड ६५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको निमित्त प्रमुख रजौरेले बताए । 

    कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो । भारतीय सवारीसाधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतका रूपमा लिइएको उनले बताए । भारतबाट नेपाल आउने गाडीलाई दैनिक ६ सय र मोटरसाइकलबाट प्रतिदिन दुई सय लिने गरेको उनले बताए । 

    भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनबाट र केही खाद्यान्नलगायत अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट कोइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायत ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको कार्यालयले जनाएको छ ।   

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend