images

२०८३ आश्विन २० गते

images
images
images

पर्यटन मन्त्री पाण्डे फेरि विवादमा तानिए

पर्यटन मन्त्री पाण्डे फेरि विवादमा तानिए

images
images
शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • राष्ट्रपति रामचन्द्र पौडेललाई समेत विवादमा पार्ने प्रयास गर्दै आयोजना गरिएको एउटा कार्यक्रममा सहयोगी भूमिका खेलेपछि पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डे फेरि विवादमा तानिएका छन् ।

    images
    images

    पाण्डेकै मौखिक आदेशपछि पर्यटन बोर्डले मनोरन्जन क्षेत्रको एउटा विवादास्पद सांगीतिक कम्पनीले आयोजना गरेको कार्यक्रमको लागि नगद १५ लाख रुपैँया चन्दा सहित विभिन्न सहयोग गरेपछि उनी विवादमा तानिएका हुन् ।

    गीतसंगीत र मनोरञ्जन क्षेत्रमा काम गर्ने प्राइभेट कम्पनी ए.एम.एस म्युजिक एन्ड इन्टरटेन्मेन्ट प्रालिले माघ २ गते आयोजना गरेको एभरेस्ट टुरिज्म अवार्ड कार्यक्रममा पर्यटन मन्त्री पाण्डेकै मौखिक आदेश पछि १५ लाख रुपैँया नगद सहितका सहयोग गरिएको बोर्डले जानकारी दिएको छ । नगद सहितका सहयोग भनिए पनि ती अरु सहयोग के के हुन् भन्ने बारेमा पनि बोर्डले जानकारी दिएको छैन ।

    images
    images

    सय जना सहभागी रहेको र होटल सोल्टीमा आयोजित कार्यक्रमको मुख्य वक्ताहरुमा मन्त्री पाण्डे सहित कतारकी राजकुमारी आश्मा अल थानी, भारतको झारखण्ड राज्यका मन्त्री विजेन्द्र गोयल, बिहारका विवादित सांसद पप्पु यादव (राजेश रञ्जन) लगायत थिए ।

    स्रोतका अनुसार आयोजकहरुले कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई सहभागी गराउने प्रयास गरेका थिए । तर, पौडेलले कार्यक्रमको औचित्य माथि नै प्रश्न उठाउँदै उपस्थित हुन ठाडै अस्वीकार गरे पनि आयोजकहरुले भने कार्यक्रम हुने अघिल्लो दिन सम्म पनि राष्ट्रपति नै कार्यक्रमको प्रमुख अतिथि भन्दै निम्तालुहरुलाई बोलाएका थिए । ‘राष्ट्रपति प्रमुख अतिथि रहने र पर्यटन मन्त्रालयको सहयोग रहने भनेपछि नजाने कुरै भएन । तर, हलमा पुगेपछि थाहा भो, राष्ट्रपतिले त निम्तो समेत अस्वीकार गर्नु भएको रहेछ । अनि मुख्य वक्ता चाँहि पप्पु यादव रहेछन्, त्यस्तो कार्यक्रमलाई पर्यटन मन्त्री पाण्डेले किन सहयोग गर्नुभयो, त्यो निकै आश्चर्यको कुरा हो,’ कार्यक्रममा उपस्थित रहेका एक पर्यटन व्यवसायीले मेरो लगानी सँग भने ।

    भूकम्प दिवसको दिनमा सांगितिक क्षेत्रको कम्पनीले पर्यटन सँग सम्वन्धित कार्यक्रम गर्नु र त्यसमा पर्यटन मन्त्रालय र विभागले सहयोग गर्नु नै सबैभन्दा आश्चर्यको कुरा भएको उनको भनाइ छ ।

    यस बारेमा बुझ्न खोज्दा उक्त कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामा मेरो लगानीसंग सम्पर्कमा आउन चाहिनन् । पर्यटन बोर्डका अधिकारीहरु उक्त कार्यक्रममा गरेको सहयोगको कारण बोर्ड अहिले सम्म कहिल्यै नभएको विवादमा परेको भन्दै बोल्न चाहेनन् ।

    नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले भने कुनै क्लब वा जुनसुकै संस्थाले मनखुशी अवार्ड गर्नु विकृति हो, यसबाट अवार्ड लिने व्यक्तिहरूलाई पनि केही फाइदा छैन । यस्तो विकृति रोकिनुपर्छ । अवार्ड पनि कसले गर्न पाउने भनेर मापदण्ड बन्नु आवश्यक रहेको बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend