images

२०८३ आश्विन २१ गते

images
images
images
नेप्से

नेप्सेमा थपियो चार कम्पनीको १ करोड १५ लाख कित्ता बढी बोनस सेयर सूचिकृत

नेप्सेमा थपियो चार कम्पनीको १ करोड १५ लाख कित्ता बढी बोनस सेयर सूचिकृत

images
images
अर्थ समाचार
शुक्रवार, माघ ११ २०८१
अर्थ समाचार
शुक्रवार, माघ ११ २०८१
  • काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता चार कम्पनीको १ करोड १५ लाख ८६ हजार ६९७.२२ कित्ता बोनस सेयर सूचिकृत भएको छ । 

    images
    images

    नेप्सेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १८.३८११ प्रतिशत बोनस बापतको ७६ लाख ९० हजार ६५२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

    सहास उर्जा लिमिटेडको ८ प्रतिशत बोनस बापतको २८ लाख कित्ता, सगरमाथा जलविद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको ५ लाख ३२ हजार कित्ता, ओरेन्टियल होटल्सको ५ प्रतिशत बोनस बापतको ५ लाख ६४ हजार ४५.२२ कित्ता गरी जम्मा १ करोड १५ लाख ८६ हजार ६९७.२२ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

    images
    images

    सूचीकृतपश्चात् उक्त कम्पनीहरूको शेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend