images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • कञ्चनपुरका ३ स्थानीय तहमा आजदेखि ५...

कञ्चनपुरका ३ स्थानीय तहमा आजदेखि ५ दिन विद्युत् आपूर्ति बन्द हुने

कञ्चनपुरका ३ स्थानीय तहमा आजदेखि ५ दिन विद्युत् आपूर्ति बन्द हुने

images
images
शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • कञ्चनपुरः जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशन सम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गतेसम्म विद्युत् आपूर्ति सेवा बन्द हुने भएको हो ।

    images
    images

    गर्मीयाम र हुरीबतासको समयमा हुने विद्युत् अनियमित र न्यून भोल्टेज सुधार गर्नका लागि कण्डक्टर अपग्रेडको कार्य हुने महेन्द्रनगर वितरण केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवले बताए। अत्तरियास्थित नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले ठेक्का प्रक्रिया मार्फत जीर्ण अवस्थाका पुल र तार फेर्ने काम गर्ने उनले बताए।

    गर्मीका बेला काम गर्न असहज हुने भएकाले फागुन भित्र सक्ने गरी काम सुरू हुने उनले बताए । उनका अनुसार, कलुवापुर ३३।११ केभी सबस्टेशनबाट विद्युत् आपूर्ति हुने शुक्लाफाँटाका सम्पूर्ण स्थान, कृष्णपुर नगरपालिकाको वडा नं १, २, ३ का सुन्दरीफाँटा, दोमिल्ला, पहरिया, गोजे, कुमगडा, वाणी, बङ्क लगायत स्थानका साथै बेलौरी वितरण केन्द्रका सम्पूर्ण स्थानमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

    images
    images

    प्राधिकरणले जारी गरेको सूचना अनुसार आज शुक्रबार र १४ गते सोमबार बिहान ९ देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ । यसैगरी, माघ १२ गते शनिबार, १३ गते आइतबार, १५ गते मङ्गलबार दिउँसो १ देखि साँझ ५ बजे सम्म विद्युत् आपूर्ति बन्द हुने छ । समय अगावै कार्य सम्पन्न भए विद्युत् लाइन सञ्चालन गरिने भएकाले बिना जानकारी लाइन नजिक नजान पनि आग्रह गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend