images

२०८३ आश्विन २० गते

images
images
images

काठमाडौंमा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस’ सञ्चालनमा

काठमाडौंमा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस’ सञ्चालनमा

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौं । काठमाडौंको गौशाला पिगलास्थानमा चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ आज देखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रूपमा होटलको उद्घाटन गरेका हुन् । 

    images
    images

    बेस्ट वेस्टर्न प्लस अमेरिकी चेन होटल ब्रान्ड हो, जुन नेपालमा पहिलो पटक भित्रिएको छ । होटलको निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ लगानी गरिएको हो । 

    सुइट, प्रिमियम, सुपर डिलक्स र डिलक्स गरी ८४ कोठा छन् । होटलमा स्विमिङ पुल, रुफटप बार, रेस्टुरेन्ट, एकै पटक ८ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने ब्यांक्वेट हल, फिटनेस सेन्टर, स्पा, सौना लगायत विशेषता छन् ।

    images
    images

    होटलमा १ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिरबाट नजिक रहेकोले होटलले छिट्टै बजारमा आफ्नो स्थान बनाउने विश्वास गरिएको छ ।

    होटलले युरोप, अमेरिका, अस्ट्रेलिया लगायत देशका पर्यटक सँगै बढी पैसा खर्च गर्ने भारतीय पर्यटक बढी लक्षित गर्ने जनाइएको छ । पशुपतिनाथ दर्शन गर्न आउने भारतीय पर्यटकलाई होटलमा आकर्षित गर्ने बजार रणनीति रहेको जनाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend